२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी हुन पौडी खेल्नुका फाइदै फाईदा

यी हुन पौडी खेल्नुका फाइदै फाईदा


पौडीलाई पछिल्लो समय व्यायायमकै एउटा अंशको रुपमा लिएको पाईन्छ । गर्मी मौसममा पौडी खेल्दा शरिरलाई शितलता र आनन्द प्रदान गर्छ । पौडिले शरिरलाई स्फूर्ति दिनुको साथै रक्तसंचार पनि तीब्र पारिदिन्छ । पौडि एउटा यस्तो व्यायायम हो जसले शरिरका प्राय सबै अंगलाई सक्रीय बनाउछ । प्रस्तुत छ पौडीबाट स्वास्थ्यमा हुने केही फाईदाः

ह्दयको चाल सुधार गर्छः
शरिरका अन्य मांशपेशी जस्तै मुटु पनि एउटा मांशपेशी हो । तसर्थ, यसलाई हामीले व्यायायम वा तालिम गरेर मजबदुत र स्वस्थ राख्न सक्छौ । यसका लागि पौडी प्रभावकारी हुन सक्छ । हरेक धड्कनमा मुटुले रगत पम्प गर्छ र शरिरलाई रक्त प्रबाह गर्छ । तर, मुटुको चाल जति सन्तुलित हुन्छै त्यति नै तपाईलाई मुटु रोगको जोखिम कम हुन्छ । र नियमित पौडने व्यक्तिको मुटुको चाल प्रति मिनेट पटक ४० को हाराहारीमा हुन्छ । तर औषत मानिसको सन्र्दभमा आराम गरेको समयमा प्रति मिनेट ६० देखि ७० सम्म मुटुको चाल हुन्छ ।

रक्तचाप न्यून गर्छ
पौडी खेल्नु भनेको श्वासप्रश्वाससम्बन्धी व्यायायम पनि हो । यसले मुटु बलियो बनाउनुको साथै बिनाअबरोध शरिरमा रगतको प्रबाह बढाइदिन्छ । दैनिक आधा घन्टा पौडी खेल्दा रक्तचाप सन्तुलन हुने विभिन्न अध्ययनले देखाएका छन् । स्वस्थ मुटु राख्न हरेक साता साढे दुई घन्टा पौडि खेल्नै पर्ने विज्ञहरु बताउछन ।

श्वासप्रश्वासमा सुधार
पौडी खेल्ने व्यक्तिले एक पटक मात्र सास लिदा पनि औषत मानिसले भन्दा धेरै हावा लिन्छ । पौडीले मांशपेशीको ठूलो समूहलाई सहयोग गर्नुका साथै मुटुको चाल बढाउछ , जसका कारण फोक्सोले अझ प्रभावकारी ढंगले काम गर्न सक्छ । जति तपाई पौडिनुहुन्छ त्यति नै बढी रक्तचाप र मुटुको चालमा सुधार आउछ ।

रक्त प्रबाह सुधार
पौडीले मुटुको चालमा सुधार ल्याएर शरिरमा रगतको प्रबाह बढाइदिन्छ । यसले कमजोर रक्त प्रबाहका कारण कहिलेकाही मानिसमा उत्पन्न हुने शुन्यबिहीनताको अवस्था घटाउछ । पौडीले मेटाबोलिजमलाई पनि सशक्त बनाउछ । दैनिक ३० मिनेट पौडी खेल्नु बारीमा ४५ मिनेट श्रम गरे बराबरको कसरत हुने विज्ञहरुको भनाई छ ।
स्रोतः टाइम्स अफ इन्डिया


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ