२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकफी र चियामध्ये स्वास्थ्यका लागि कुन उपर्युक्त ?

कफी र चियामध्ये स्वास्थ्यका लागि कुन उपर्युक्त ?


एजेन्सी । बिहान सबेरै उठेर एक कप तातो कफीको चुस्की लिदा बेग्लै आनन्द आउँछ । मुड खराब भएर काम गर्ने जाँगर हराएको बेला केबल एक कप कफीले दिमागलाई ताजगी बनाइदिन्छ । अर्कोतर्फ अल्छी लागेको बेला एक कप चिया आफैमा पर्याप्त हुन्छ । सामान्यता कफी पिउनेले चिया पिउछन, अनि चिया पिउनेले कफी ।

तर, चिया र कफीमध्ये कसले बढी फाईदा गर्छ भन्ने बारेमा लामो बहस हुँदै आएको छ । यी पेय पदार्थको आ–आफ्नै फाइदा छन्, जसबारे विज्ञहरुले अनुसन्धान गर्दै आएका छन् ।

कफीले कोलन क्यान्सरबाट बचाउने केही अध्ययनले देखाएका छन् । त्यस्तै, नियमित कफी पिउदा अल्जाईमर र पार्किन्सन रोगको जोखिमबाट जोगिन सक्ने बताइन्छ । अर्कोतर्फ नियमित चिया पिउँदा छाला, स्तन, र प्रोटेस्ट क्यान्सको सम्भावना न्यून हुने विज्ञहरको दाबी छ ।

चिया वा कफीमध्ये यही नै उपर्युक्त हुन्छ भन्न कठिनाई हुने विज्ञहरु बताउछन् । किनकी चिया र कफीमा पाइने तत्व र त्यसले हाम्रो शरिरमा पार्ने अशरबारे छुट्टाउन सकिदैन । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका चिकित्सक इलिओट मिलर भन्छन, ‘मेरो बिचारमा कफी र चिया दुबैले शरिरलाई उत्तिकै फाइदा गर्छ ।’

ग्रिन टिले शरिरको कोष सुक्नबाट जोगाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने केही अनुसन्धानले देखाउदै आएका छन् । ग्रिन टिका फाइदै फाईदा छन् । यसले उच्च रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्छ ।

मिलर र उनका सहयोगीले अमेरिकामा ७० हजार मानिसको मुटुरोगका लक्षणबारे अध्ययन गरिसकेका छन् । उनीहरुका अनुसार सहभागीमध्ये झन्डै ७५ प्रतिशतले कफी पिएका थिए भने ४० प्रतिशतले चिया । नियमित रुपमा थप एक कप चिया पिउदा मुटु रोगको खतरा कमि हुने उनीहरुको भनाई छ । चियाले दिमागका सेल सुक्नबाट जोगाउने भएकोले यसको नियमित सेवनले बृद्ध अवस्थामा हुने अल्जाईमर रोगबाट बचाउने उनीहरुको सुझाब छ । एन्टिअक्सिडियन्ट तत्व हुने भएकोले ग्रीन टि स्वास्थ्यका लागि अझै प्रभावकारी हुने उनीहरुको भनाइ छ ।
–एजेन्सी


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ