२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्समृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स

मृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स


मृगौला रोगबारे आममानिसलाई सचेत गराउनका लागि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । विश्व मिर्गौला दिवस मार्चको दोस्रो बिहीबार मनाइन्छ। आज देशभर नै मृगौला दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ ।

उक्त दिवसको उद्देश्य मानिसलाई शरीरको यस महत्त्वपूर्ण अंगको बारेमा सचेत र जागरुक गराउनु हो।

सन्तुलित दिनचर्याबाट मिर्गौला रोगबाट बच्न सकिन्छ । हाम्रो शरीरमा उत्पादन हुने विषलाई बाहिर निकालेर रगत सफा गर्ने काम मिर्गौलाले गर्ने गर्छ।

वर्तमान समयमा रक्तचाप र मधुमेह रोग बढ्दै गएको छ । यसले मिर्गौलामा पनि समस्या निम्त्याएको छ । मृगौलामा समस्या भएमा शरीरका अन्य अंगहरूले पनि राम्ररी काम गर्दैनन् ।

मृगौला रोगको लक्षण

  • पिसाबमा रगत देखा पर्नु,
  • बारम्बार पिसाब आउनु र पोल्नु,
  • खुट्टा र आँखा सुन्निने,
  •  चाँडै थकान महसुस हुनु,
  •  अनियन्त्रित रक्तचाप,
  • र, पिसाबको मात्रा घट्नु ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेका अनुसार  मृगौला स्वस्थ राख्न सकिने उपाय यस्ता छन् :

  • नियमित व्ययाम गर्ने,
  • एक दिनमा कम्तिमा १० हजार पाइला हिड्ने,
  • दिनमा २ देखि ३ लिटर पिसाब हुने गरी झोल पदार्थ पिउने,
  • सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने,
  • दुखाइ कम गर्ने औषधी सकेसम्म प्रयोग नगर्ने,
  • उचाइ अनुसार तौल कायम राख्ने,
  • स्वस्थकर खाना खाने,
  • मधुमेहका बिरामीले समय-समयमा मा स्वास्थ्य परीक्षण गराउने,
  • र, कमसेकम वर्षमा एकपटक रगतमा क्रियाटीनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने।

क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ