२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सघ्युकुमारी मधुमेहका बिरामीको लागि वरदान, जान्नुहोस् यसका अन्य फाइदा

घ्युकुमारी मधुमेहका बिरामीको लागि वरदान, जान्नुहोस् यसका अन्य फाइदा


घ्युकुमारी वर्षौंदेखि विभिन्न स्वास्थ्य लाभका लागि प्रयोग गरिएको छ। यसको जेल छालामा लगाउनदेखि यसको जुस पिउनेसम्म यो औषधी स्वास्थ्यको लागि अत्यन्त लाभदायक रहेको अध्ययनहरूले देखाएको छ।

घ्युकुमारीको बोटमा बाक्लो तरल पदार्थ हुन्छ। जसमा विभिन्न प्रकारका पोषक तत्व र गुणहरू हुन्छन्। यस बोटको फाइदाहरू जान्नको लागि गरिएको अध्ययनमा धेरै स्वास्थ्य लाभहरू उल्लेख गरिएको छ। यति मात्र होइन, यसले क्यान्सर जस्ता गम्भीर र ज्यान लिने रोगको जोखिमलाई पनि कम गर्ने मानिन्छ।

दैनिक खाली पेटमाघ्यु कुमारीको जुस पिउने व्यक्तिहरूमा धेरै गम्भीर स्वास्थ्य समस्याहरू हुने खतरा कम हुन्छ। यसको जुसमा फाइबर, प्रोटिनजस्ता पोषक तत्व पनि पाइन्छ। जुन शरीरलाई स्वस्थ राख्न विशेष फाइदाजनक हुन्छ । जुस सेवन गर्दा मधुमेहको समस्यामा पनि फाइदा हुन्छ। यसका अन्य फाइदाहरू विस्तृतमा:-

मधुमेहका बिरामीका लागि घ्यु कुमारीको जुस

घ्युकुमारीको जुस मधुमेहका बिरामीका लागि वरदान सरह भएको अध्ययनहरुले देखाएको छ ।   यसको जुस खाने मानिसहरूलाई मधुमेह र यसका जटिलताहरू हुने जोखिम कम हुन्छ। टाइप–२ मधुमेहका बिरामीले घ्यु कुमारी जुस सेवन गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत पुग्ने वैज्ञानिकहरूले सुझाव दिएका छन् । प्रि-मधुमेहको अवस्थामा पनि जुस पिउनाले फाइदा हुने प्रमाण छ। जुसले प्रि-मधुमेह भएका मानिसहरूमा रगतमा चिनी र रगतमा फ्याटी एसिडको स्तर दुवै सुधार गर्न सक्ने अर्को अध्ययनले पनि देखाएको छ।

पाचन समस्या हट्छ

यसको जुस वर्षौंदेखि पाचन समस्याको उपचारमा प्रयोग हुँदै आएको छ।  जुसमा एन्थ्राक्विनोन ग्लाइकोसाइड नामक रेचक हुन्छ जसले कब्जियत कम गर्न मद्दत गर्दछ। तर, यसको प्रभाव थाहा पाउन थप विस्तृत अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताहरू बताउँछन् । एलोभेरामा पाइने फाइबरले पेटका लागि विशेष फाइदा पु¥याउने विश्वास गरिन्छ ।

छाला सम्बन्धी रोगहरु हट्ने

यसमा धेरै औषधीय गुणहरू छन्, जसले छालाको समस्यामा धेरै प्रभावकारी बनाउँछ। घ्यू कुमारीमा एन्टी-इन्फ्लेमेटरी गुणहरू छन्। जसले यसलाई जलेको र अन्य छाला विकारहरूको लागि सम्भावित उपचार बनाउँछ। यसको जुस वा जेल पनि छालालाई स्वस्थ राख्न र बुढ्यौलीसँग सम्बन्धित लक्षणहरू कम गर्न लाभदायक पाइन्छ।

अन्य फाइदाहरू

एलोभेराको जुसको नियमित सेवन गर्ने बानीले शरीरको विषाक्तता हटाउनका साथै एनीमिया र हार्मोनल समस्याहरू हटाउन फाइदाजनक हुन्छ। कपाललाई स्वस्थ राख्न र रोग प्रतिरोधी क्षमता बढाउन यसको सेवन गर्नु पनि विशेष फाइदाजनक हुन्छ । तर, यदि तपाईलाई पहिलेदेखि नै कुनै पनि प्रकारको समस्या छ भने, यसको सेवन गर्नुअघि निश्चितरूपमा डाक्टरसँग परामर्श लिनुहोस्।

-एजेन्सी


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ