गृहपृष्ठ ∕ टिप्स ∕ कसरी गर्ने ट्रमा केयर ? कसरी गर्ने ट्रमा केयर ? हेल्थ आवाज आईतबार, २०७६ असोज २६ गते, ११:१७ मा प्रकाशित डा.दिपेन्द्र पाण्डे, अर्थोपेडिक सर्जन वीर अस्पताल दशैं तिहारको समयमा धेरै बच्चाहरु पिङबाट लडेर घाइते हुने गरेका छन् । सहर बजारमा चंगा उडाउँदा बालवालिका घरको कौशीबाट समेत लड्छन् । पिङ खेलेर प्रायः हात भाँचिनुका साथै अन्य चोटपटक पनि लाग्न सक्छ । कौशीबाट लड्दा टाउकोमा चोट (हेड इन्जुरी) लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै युवायुवती र ठूला मानिसहरु मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनामा पर्ने गर्छन् । यो समयमा धेरै मानिस मदिराको नशामा झगडा गरी घाइते समेत हुने गरेका छन् । हरेक वर्ष दशैं तिहारको बेला राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटनाका यस्ता घटना बढी नै आउने गर्छ । चाडपर्वको समयमा धेरैजसो स्वास्थ्य संस्था प्रायः बन्द हुने हुँदा यस्ता दुर्घटना भएमा प्राथमिक उपचारमा विशेष ध्यान दिनुपर्छ । प्राथमिक उपचार विधिहरु भाँचिएको हात/खुट्टा चलाउनु हुँदैन । भाँचिएको हातखुट्टामा काम्रो (व्याण्डेज) बाँध्नुपर्छ । त्यसो गर्न नसकिएमा काठका टुक्रा वा अन्य केहिले सपोर्ट दिनुपर्छ । घाउ लागेर रगत बगेको छ भने सफा र मनतातो पानीले पखाल्नुपर्छ । रगत बग्न नदिन सफा कपडाले बाँध्नुपर्छ । जति सक्दो छिटो स्वास्थ्य संस्था पु¥याउनुपर्छ । क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'