२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यरक्तचाप सन्तुलन राख्न यी चार बानी बसाल्नुहोस्, बालबालिकादेखि वृद्धसम्म लागि उपयोगी

रक्तचाप सन्तुलन राख्न यी चार बानी बसाल्नुहोस्, बालबालिकादेखि वृद्धसम्म लागि उपयोगी


रक्तचाप अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ समस्या मध्य एक हो । यो बढ्ने र घट्ने दुवै अवस्था शारीरिक समस्याको कारण बन्न सक्छ । रक्तचाप बढ्नाले हृदय रोगको समस्याको खतरा बढ्छ। त्यसैगरी, यो कम भएमा कमजोरी, थकान साथै अन्य केही गम्भीर स्वास्थ्य समस्याको खतरा बढ्न सक्छ ।

चिकित्सकको मान्यताअनुसार हाम्रो जीवनशैली र खानपान सम्बन्धि नराम्रो बानीले रक्त चापको समस्या निम्त्याउन सक्छ। यसैकारण सबै जनालाई आफ्नो दिनचर्यामा स्वस्थ राख्ने उपाय अपनाउने सल्लाह दिइन्छ  । जसले रक्तचापको जोखिम कम गर्न सहयोग पु-याउँछ ।

हामी के खान्छौं, कस्तो प्रकारको जीवनशैली अपनाउँछौँ, यस्तो बानीले पनि रक्तचाप घट्ने वा बढ्ने कारण बन्न सक्छ । समयमानै ध्यान पु-याउन नसक्दा दिर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढ्न सक्छ । आउनुहोस, जानौ  जीवनशैलीमा कस्तो प्रकारको परिवर्तन गर्नाले रक्तचापको खतरालाई कम गर्न सकिन्छ।र,  कुन बानीले तपाईलाई रक्तचापको बिरामीबाट बच्न मद्दत गर्छ ?

नियमित ब्यायाम गर्ने बानी

शारिरीक निष्क्रियतालाई रक्तचाप समस्याको मुख्य कारण मानिन्छ । यस अवस्थामा नियमित व्यायाम, साथै नियमित केही समय हिड्नाले पनि तपाइको रक्त्तचाप सन्तुलित राख्नमा सहयोग गर्छ । व्यायामले हृदयलाई मजबुत बनाउँछ । जसकारण त्यसले कुसलतापूर्वक रगत पम्प  गर्न पाउछ । यसबाहेक व्यायाम गर्ने बानीले तपाईको तौललाई नियन्त्रित गर्नमा पनि सहयोगी छ  । जुन रक्त्तचापलाई नियन्त्रित राख्न मद्धत गर्छ ।

तनाव कम गर्ने उपाय अपनाउनुहोस्

अध्ययनअनुसार अत्याधिक तनाव लिने मानिसमा समयभन्दा पहिला रक्तचाप बढ्ने खतरा हुन सक्छ । तनावका कारण शरीरमा कोर्टिसोल र एडेनालाइन जस्ता हार्मोन रिलिज हुन्छ । यो हार्मोनले तपाईको हृदय गतिलाई बढाएर रक्त वाहिनी नलीलाई संकुचन गरेर रक्तचाप बढाउँछ । यस प्रकार तनाव कम गर्ने उपाय रक्तचापलाई नियन्त्रित गर्नमा तपाईको लागि  सहयोगी छ । यसका लागि योग तथा मेडिटेसन गर्ने बानी बसाल्नु पर्छ ।

आहारमा बढाउनुस पोटासियमको मात्रा

पोटासियमयुक्त आहारको सेवनले तपाईको हृदय र धमनीको स्वास्थ्य अवस्था कायम राख्न सहयोग गर्छ । आलु, केरा, पालक र गेडागुडी जस्ता खाद्यान्नमा पोटासीयम रहेको हुन्छ । प्रतिदिन दुई हजारदेखि ४ हजार मिलीग्राम पोटासियमको सेवनले रक्तचाप कम गर्नमा सहयोग मिल्छ । टमाटर, एभोकाडो, खरबूजा, सुकेको मेवा आदिले पनि तपाइको दैनिक पोटासियमको आवश्यकतालाई सजिलै पूरा गर्न सक्छ ।

पर्याप्त  निन्द्रा

रक्तचाप र मुटुको रोगबाट बच्न पर्याप्त निन्द्रा लिनु आवश्यक मानिन्छ । ६ घण्टा वा सोभन्दा कम सुत्ने मानिसमा रक्तचाप तीव्र हुने सम्भावना बढी हुन्छ । यदि तपाईलाई पहिले नै उच्च रक्तचाप छ भने, तपाइले राम्रो निन्द्रा लिएर यसलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । निन्द्राले तपाइको शरीरलाइ तनाव र मेटाबोलिज्मलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ