२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी ५ रोगका बिरामीले कस्तो मासु, कति खाने ?

यी ५ रोगका बिरामीले कस्तो मासु, कति खाने ?


मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । यसमा कोलस्ट्रोल, चिल्लो र नुन प्रशस्त मात्रामा पाइन्छ । ठीक मात्रामा खाए मात्र मासु लाभदायी हुन्छ । विशेषगरी रोग लागेका व्यक्तिहरुले मासु खाँदा बढी सचेत हुनुपर्छ । कस्ता रोगका बिरामीहरुले कसरी र कस्तो मासु खाने भन्ने बारेमा चर्चा गरिएको छ ।

१. मुटु रोग

मुटु रोगका बिरामीहरुका लागि कोलस्ट्रोल निकै हानिकारक हुन्छ । खसीको मासुमा कोलस्ट्रोल, नुन र तेल बढी हुन्छ । त्यसैले मुटु रोगीहरुले खसीको मासु कम खानु उपयुक्त हुन्छ ।

२. मिर्गौला
मिर्गौला रोगका बिरामी लागि मासु लाभदायी हुँदैन । डायलाइसिस गरिरहेकाहरुले एक दुई टुक्रा खाँदा खास असर गर्दैन । तर, मिर्गौला फेल भइसकेकाहरुले भने मासु खानु नै हुँदैन ।

३. युरिक एसिड
युरिक एसिडको समस्या हुनेहरुका लागि पनि मासुको प्रशस्त सेवन राम्रो मानिन्न । यद्यपी थोरै मात्रामा खाँदा हुन्छ । यो समस्या भएकाहरुका लागि रातो मासुभन्दा सेतो मासु राम्रो हुन्छ ।

४. मधुमेह
मधुमेह रोगमा मासुले कुनै असर गर्दैन । सेतो वा रातो दुवै मासु खान सकिन्छ । तर अधिक सेवन भने सामान्य अवस्थामा पनि राम्रो मानिन्न ।

५. कब्जियत
कब्जियतको मुख्य कारण नै मासु हो । त्यसैले कब्जियत भएकाहरुले सबै प्रकारका मासुको सेवन बन्द गर्नुपर्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ