२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदैनिक दाँत माझ्दा पनि पहेलो किन हुन्छ ?

दैनिक दाँत माझ्दा पनि पहेलो किन हुन्छ ?


सेतो दाँतले व्यक्तिको अनुहारमा थप उज्यालो ल्याउँछ । यसले व्यक्तिको आत्मबल पनि बढाउने विश्वास गरिन्छ । तर, व्यक्तिपिच्छे दाँतको रंग फरक–फरक हुन्छ । हामीले देखेका छौ कतिपय व्यक्तिको दाँत सेतो हुन्छ भने कतिपयको पहेँलो । आखिर किन यस्तो हुन्छ? अर्थात्, सबै व्यक्तिको दाँतको रङ किन समान हुदैन? र दाँत सेतो बनाउन के गर्नुपर्छ? यो अधिकांशको जिज्ञासा हुनसक्छ ।

 हामीले के बुझ्नुपर्छ भने व्यक्तिको दाँत, कपाल र आँखाको रङ जन्मदा नै उसको डिएनए वशांणुद्धारा नै निर्धारित भएको हुन्छ । अर्थात्, दाँत पहेँलो वा डिसकलर ९ म्ष्कअययिगच० हुनु पछाडिको कारण आणुवंशिक पनि हो । यसबाहेक व्यक्तिको दाँत पहँलो हुनु पछाडिको अन्य कारण भने निम्न रहेका छन्ः

  • कफि, वाइन, चियाजस्ता पेय पदार्थको सेवन
  •  धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन
  • बढ्दो उमेर
  • इनामेल पातलो वा कमजोर हुनु
  •  कम दन्त हाइजेनिकका कारण

बच्ने उपाय

कुनै पनि व्यक्तिलाई आफ्नो दाँतको रंग खुइलिदै गएको भान भएमा व्यक्तिले दाँतको रङलाई हानि गर्ने कफि, चिया तथा वाइनको मात्रालाई कम गर्नुपर्छ । यसका साथै यी पदार्थको सेवनपछि सकेसम्म ब्रस वा मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । यसैगरि धुम्रपान र सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ ।

यसका साथै चिकित्सकको सल्लाह अनुसार व्यक्तिले डिप–क्लिन पनि गराउन सकिन्छ । तर, यसले व्यक्तिको दाँतको संवेदनशिलता लाई बढाउने भएकोले यसको प्रभाव सबै समूहमा समान रुपमा भने देखिदैन ।

-एजेन्सी


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ