२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सस्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु

स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु


घ्युकुमारीको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमा मात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरीरको सही विकारका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ ।

यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ ।एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरीरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरीरमा प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

एलोभेरा जुस गर्भाशयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्‍याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ ।

यस्तो छ एलोभेराको जुस पिउनुले हुने फाइदाहरू ः प्रदूषण, जङ्क फुड, अस्वस्थ जीवनशैली, धुम्रपान, मद्यपान आदीबाट शरीरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरीरमा विकार तत्त्व बढी मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।

दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

एलोभेराको जुसले दाँतको पहेँलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने कीटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।

एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरीर लाइ दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्दत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि वृद्धि गर्छ ।

एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीको पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढा बनाएर पिउनाले एनीमिया सन्चो हुन्छ ।

एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्‍याउँछ । यसको नियमित प्रयोगले छालामा चमक ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।

एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्‍याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ