२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सरगतलाई जमाउने भिटामिन ‘के’ केमा पाइन्छ ?

रगतलाई जमाउने भिटामिन ‘के’ केमा पाइन्छ ?


शरीरमा हुने अत्याधिक रक्तस्राव तथा चोटपटकबाट हुने रक्तस्रावलाई रोक्न भिटामिन के नभई नहुने पोषक तत्व हो । यसले रगतलाई जमाउन र हड्डीलाई बनाउन चाहिने धेरै किसिमका प्रोटिनहरू बनाउँदछ ।

यो एक बोसो घुलनशील भिटामिन हो  जुन फेलोकुइनोन र मेनाकुइनोन नामको दुई रूपमा हुने गर्दछ । यो हाम्रो शरीरमै उत्पादन हुने गर्छ तर यसलाई बनाउनको  लागि हाम्रो शरीरले यसका लागि चाहिने तत्त्वहरूको सेवन गर्नु जरुरी हुन्छ ।

१. हरिया सागपात
हरिया सागपातहरू जस्तै, केल, कोलार्ड साग, बन्दागोभी, पालक, लेटस तथा सलादहरु  भिटामिन के का धनी स्रोतहरू हुन् । यी तरकारीहरूमा फाइवर, भिटामिन ए, सी, फोलेट, म्यानेसियम तथा आइरनहरू पाइन्छ जसले पुरा शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

२. ब्रोकाउली
ब्रोकाउली पोषक तत्त्वले भरिपूर्ण तरकारीमध्ये एक हो । यदि यसलाई सही तरिकाबाट पकाइयो भने यसले धेरै प्रकारका पोषक तत्त्वहरू दिन सक्दछ । त्यस्तै एक कप पाकेको ब्रोकाउलीले २२० माइक्रो ग्राम भिटामिन के दिन्छ भन्ने विश्वास राखिएको छ । जुन मात्रा निकै धेरै र स्वास्थ्यका लागि हितकारी पनि मानिन्छ ।

३. काउली
काउली विशेषतः यसको तौल कम गर्न सक्ने गुणका कारण पनि मन पराइन्छ । तर यो फाइबर, कोलिन, सल्फरोफेन र भिटामिन के ले पनि भरिपूर्ण मानिन्छ । त्यस्तै १ कप काँचो काउलीमा १५.५ माइक्रो ग्राम भिटामिन पाइन्छ भने एक कप उसिनेको काउलीमा १७.१ माइक्रो भिटामिन पाइन्छ ।

४. ब्रुसेल स्प्राउट्स
बन्दागोभीकै तरकारी क्षेत्रमा पर्ने ब्रुसेल स्प्राउट्स भिटामिन के मा धनी तरकारी हो । यो तरकारी प्रोटिन, फाइबर र भिटामिन सी ले भरिपूर्ण छ । त्यस्तै यसको सेवनले पेट, फोक्सो, किड्नी, स्तन, ब्ल्याडर र प्रोस्टेटको क्यान्सर हुनबाट पनि जोगाउने जनाइएको छ ।
टाइम्स अफ इन्डियाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ