२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सके साँच्चै प्याजले कपाल झर्न कम गर्छ ?

के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ?


युवाहरूमा कपाल बढ्ने समस्या सामान्य बन्दै गएको छ । हरेक पाँच जना युवामा एक जनाको कपाल छिटो झर्ने, कम उमेरमा तालु हुने, जीवनशैलीमा गडबडी, खानपानमा समस्या र केमिकलयुक्त वस्तुको अत्याधिक प्रयोग प्रमुख कारणका रूपमा देखिएको छ ।

कपाल झर्नबाट जोगाउन र नयाँ कपाल बढाउनका लागि मानिसहरू धेरै घरेलु उपायहरू सुझाइरहेका हुन्छन्, प्याजको रस कपालमा लगाउनु एउटा यस्तो लोकप्रिय उपाय हो तर के यसले साँच्चै फाइदा गर्छ ? चिकित्सा विज्ञान मा यो उपायलाई कसरी लिइएको छ त ?
प्याजमा धेरै यौगिक र पोषक तत्त्वहरू छन् भन्ने गरिएको छ , जुन हाम्रो कपाललाई उचित पोषणको लागि नियमित रूपमा चाहिन्छ ।

यस्तो अवस्थामा प्याजको रस कपालमा लगाउने हो भने यसले कपाललाई पोषण दिन्छ, झर्न कम गर्छ र यति मात्र होइन, नयाँ कपाल बनाउन पनि यो उपाय उपयोगी हुन सक्छ ।

कपाल को लागि प्याज रस को लाभ
अन्वेषकहरूले पत्ता लगाए कि प्याजको रसले विभिन्न तरिकामा कपाल झर्ने रोक्न मद्दत गर्दछ । प्याजमा उच्च मात्रामा सल्फर हुन्छ जुन कपालको पोषणका लागि आवश्यक हुन्छ । सल्फर एमिनो एसिड पाइन्छ, जुन प्रोटिनको घटक हो । प्रोटिन, विशेष गरी केराटिन, कपाल बलियो बनाउन र नयाँ कपाल बढ्नको लागि एक आवश्यक तत्त्व हो । यस्तो अवस्थामा यदि प्याजको रस प्रयोग गरियो भने यसले कपाललाई स्वस्थ राख्न मद्दत गर्छ ।

अध्ययनले के फेला पार्‍यो?
प्याजको जुस कपालका लागि कत्तिको फाइदाजनक छ जान्नका लागि अनुसन्धानकर्ताहरूको टोलीले एक अध्ययन गरेको थियो । यसमा एक समूहलाई दैनिक टाउकोमा प्याजको रस लगाउन दिइएको थियो । यस अनुसन्धानको निष्कर्षमा प्याजको रस लगाउनेमा कपालको वृद्धि र बल बढी देखिएको पाइएको छ । यसको फाइदा पुरुष र महिला दुबैमा देखिएको छ । यो अध्ययन एक दशकभन्दा पुरानो भए पनि यस विषयमा थप विस्तृत अनुसन्धान आवश्यक छ । प्याजमा पाइने पौष्टिक तत्त्व कपालको विकासमा सहयोगी पाइन्छ ।

के भन्छन् विज्ञहरू ?
भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा छाला रोग विशेषज्ञ डा शङ्किला मित्तल भन्छिन्, प्याजलाई कपाल झर्ने रोक्न र पोषण दिन वर्षौँदेखि प्रयोग हुँदै आएको छ । अध्ययनहरूले प्याजको रस पनि कपाल झर्ने उपचारमा प्रभावकारी भएको फेला पारेको छ । प्याजको रसले कपालको पुनरुत्थानलाई बढावा दिन मद्दत गर्दछ ।

सबैको छाला उस्तै नहुने भए तापनि यदि तपाईँको कपाल झरिरहेको छ भने यस सम्बन्धमा विज्ञको सल्लाह अवश्य लिनुहोस् । यस्ता घरेलु उपचार चिकित्सकहरूको सल्लाह अनुसार प्रयोग गर्नुपर्छ ।

कपाल स्वस्थ राख्न के गर्ने ?
कपाललाई स्वस्थ राख्न र भाँच्नबाट बच्न प्याजको रस लगाउनु फाइदाजनक हुने स्वास्थ्य विज्ञहरू बताउँछन्, तर यसका साथसाथै चिकित्सकको सल्लाहमा उपचार र औषधि पनि चाहिन्छ । कपाललाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु निकै जरुरी छ । भिटामिन, प्रोटिनले भरिपूर्ण चीजहरूले कपाललाई बलियो बनाउँछ । अनुसन्धानकर्ताहरूको अनुसार कपाल स्वस्थ राख्न नियमित योग–व्यायाम गर्ने बानीले पनि तपाईँलाई विशेष फाइदा पुग्न सक्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ