२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सचम्किलो दाँतका लागि अपनाऔँ यी घरेलु उपाय

चम्किलो दाँतका लागि अपनाऔँ यी घरेलु उपाय


दाँतमा जमेको फोहोरले कसैको मिठो मुस्कानलाई पनि पहेँलो बनाउन सक्छ । प्रायजसो: दाँत राम्ररी सफा नगर्दा दाँतमा प्लाक जम्न थाल्छ । जुन पछि निकै कुरूप देखिन्छ र सासको दुर्गन्धको कारण पनि बन्छ ।

यसले मानिसहरूको बिचमा बोल्न पनि असहज स्थिति खडा गरिदिन्छ । यदि तपाई पनि दाँतमा जमेको प्लाक हटाउन चाहनुहुन्छ भने यी घरेलु उपायको सहारा लिन सक्नुहुन्छ । विशेषतः साइड इफेक्ट  नभएका यी उपायहरू प्रभावकारी पनि छन्  ।

घयुकुमारी र बेकिङ सोडा
प्राकृतिक तरिकाले दाँत सफा गर्न पहिले एलोभेराको पातको टुक्रा लिनुहोस् र त्यसको बोक्रा अलग गर्नुहोस् । त्यसपछि करिब २ चम्चा बेकिंग सोडा लिनुहोस् र एलोभेरामा मिसाउनुहोस्। यो मिश्रण राम्रोसँग मिलाउनुहोस्। अब टूथब्रसको मद्दतले यो पेस्टलाई आफ्नो पहेँलो दाँतमा ५ मिनेटसम्म रगड्नुहोस् ।

यस उपायको साथै दाँत सफा गर्न तोरीको तेल र नीमको पातबाट बनेको पेस्ट पनि प्रयोग गर्न सकिन्छ ।
दाँत सफा राख्नको लागि यी उपायहरू बाहेक, बिहान र सुत्नु अघि दुवै समय ब्रस गर्नुहोस् । यसबाहेक कुनै पनि कुरा खाइसकेपछि पानीले राम्ररी कुल्ला गर्न पनि जरुरी हुन्छ ।

नोट– दाँत सफा गर्नका लागि उल्लेख गरिएका दुवै उपायको कुनै साइड इफेक्ट छैन, तर यदि तपाईलाई दाँतमा कुनै समस्या छ भने यी उपायहरू अपनाउनु अघि डाक्टरसँग परामर्श लिनुहोला ।
अमर उजालाबाट भावानुबाद

 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ