२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सप्रतिरोधात्मक शक्ति बढाउन र विभिन्न रोगहरुबाट टाढा रहन यी चियाको सेवन 

प्रतिरोधात्मक शक्ति बढाउन र विभिन्न रोगहरुबाट टाढा रहन यी चियाको सेवन 


के तपाई पनि चिया प्रेमी हुनुहुन्छ ? चिया हाम्रो स्वास्थ्यका लागि फाइदाजनक वा हानिकारक, यो प्रश्न तपाईँको मनमा पनि आएको हुनुपर्छ । यस सम्बन्धमा धेरै अध्ययनहरू भएका छन्, जसमा विशेषज्ञहरूले विभिन्न प्रकारका चियाले स्वास्थ्यमा पार्ने असरहरूबारे बताएका छन् । हामीले चियामा के–कस्ता वस्तु समावेश गर्छौँ र मानिसले के–कस्ता स्वास्थ्य अवस्थाका आधारमा यसको सेवन गरिरहेका छन्, त्यसका आधारमा चियाका फाइदा र बेफाइदाको अनुमान गरिएको पोषणविद्हरू बताउँछन् ।

युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा जनवरी २०२० मा प्रकाशित एउटा अध्ययनले हप्तामा तीन वा सोभन्दा बढी पटक चिया पिउने व्यक्तिको आयु लामो हुने देखाएको छ ।
अनुसन्धानकर्ताहरूको अनुसार केही बिरुवाहरूको पातबाट बनाइएको चियामा विभिन्न गुणहरू हुन सक्छ, यद्यपि उच्च मात्रामा थपिएको चिनीसँग सेवन गर्दा पनि हानिकारक हुन सक्छ । केही घरेलु उपायहरू मिसाएर चिया पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसबाहेक केही विशेष प्रकारको चियाको पनि परम्परागत चिकित्सामा उल्लेख छ ।

ग्रिन टीमा एन्टिअक्सिडेन्टको मात्रा हुन्छ
ग्रिन टीलाई स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक मानिन्छ, विशेष गरी यसमा पाइने एन्टिअक्सिडेन्ट र पोलिफेनोलले क्यान्सर, टाइप–२ मधुमेह र मुटुसम्बन्धी रोगजस्ता दीर्घकालीन रोगहरू निको पार्न फाइदाजनक साबित हुन्छ । ग्रिन टी पिउनेहरूमा कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा बढ्ने जोखिम कम हुने अध्ययनले पत्ता लगाएको छ । यसले स्वास्थ्यको लागि विशेष फाइदा दिन सक्छ ।

कालो चियाको फाइदा
ग्रिन टी जस्तै, अनुसन्धानकर्ताहरूले कालो चिया पनि स्वास्थ्यको लागि धेरै लाभदायक भएको पाएका छन् । कालो चिया सेवनले संज्ञानात्मक गिरावट, सूजन, हृदय रोग, मधुमेह, र क्यान्सर रोक्न भूमिका खेल्न सक्ने वैज्ञानिक प्रमाणहरूले सुझाव दिएका छन् । जनवरी २०१६ मा जर्नल अफ न्युट्रिशन, हेल्थ एन्ड एजिङमा प्रकाशित एक अध्ययनले नियमित रूपमा कालो चिया पिउने मानिसहरूमा डिमेन्सिया जस्ता न्यूरोलजिकल विकारहरू हुने सम्भावना कम हुने देखिएको पाइएको थियो ।

अदुवा चियाको फाइदा
अदुवाको चिया नेपालमा सबैभन्दा लोकप्रिय छ, यसमा मिसाइने औषधिहरू जस्तै ल्वाङ, अलैँची, मरीच, तुलसी आदिलाई धेरै स्वास्थ्यकर मानिन्छ । अदुवाको चिया बिहान टाउको दुख्ने र पेटको समस्याबाट छुटकारा पाउन लाभदायक हुन्छ ।
अदुवा यसको औषधीय गुणहरूको लागि परिचित छ, जसले वाकवाकी र बान्ताको उपचार गर्न पनि मद्दत गर्दछ ।

हिबिस्कस चिया को विशेष लाभ
सुकेको हिबिस्कस पात र पंखुडीबाट बनेको चिया परम्परागत औषधिमा विशेष फाइदा भएको पाइएको छ । नियमित छ हप्तासम्म हिबिस्कस चिया पिउनाले वयस्कहरूमा रक्तचाप कम गर्न मद्दत पुग्ने अनुसन्धानले पत्ता लगाएको छ । हिबिस्कस पाचन सुधार गर्न र मोटोपना कम गर्न जानिन्छ, त्यसैले यसको सेवनले वजन कम गर्न पनि लाभदायक हुन सक्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ