२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी बानीले निम्त्याउन सक्छ डन्डीफोर, समयमै सुधारौँ

यी बानीले निम्त्याउन सक्छ डन्डीफोर, समयमै सुधारौँ


अनुहारमा एक्ने वा पिम्पल हुनु धेरै नराम्रो हो । किशोरावस्थादेखि नै धेरैलाई यस्तो समस्या हुने गर्छ । त्यसैले कतिपय युवाहरूमा अनुहारदेखि काँध र ढाडसम्म पनि डन्डीफोर हुने गर्छ । तिनीहरूलाई हटाउन विभिन्न प्रकारका क्रिमहरू प्रयोग गरिन्छ । तर के तपाईँलाई थाहा छ हामीले गर्ने दैनिक केही बानीहरू पिम्पलहरूको लागि जिम्मेवार छन् रु यी बानीलाई सुधार्‍यो भने एक्ने समस्याबाट धेरै हदसम्म छुटकारा पाउन सकिन्छ ।
आउनुहोस् जान्नुहोस् ती बानीहरू जुन डन्डीफोरकोे लागि जिम्मेवार हुन सक्छ

तौलिया जिम्मेवार हुन सक्छ
यदि तपाईँ छालाको समस्याबाट बच्न चाहनुहुन्छ भने सरसफाइ धेरै महत्त्वपूर्ण छ । धेरै मानिसहरूले दैनिक नुहाउने तौलिया सफा गर्ने कुरालाई बेवास्ता गर्छन् । जुन डन्डीफोरको लागि धेरै हदसम्म जिम्मेवार हुन सक्छ । तौलिया सधैँ धोएर घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ । एकै समयमा, अरू कसैको तौलिया कहिल्यै प्रयोग गर्नु हुँदैन । यी कारणले गर्दा अनुहारमा डन्डीफोर निस्कन सक्छ ।

अनुहारमा लगाइने मास्क
आजकल मास्क लगाउनु धेरै महत्त्वपूर्ण छ । यदि तपाईँ दैनिक रूपमा मास्कको प्रयोग गर्नुहुन्छ भने मास्कलाई धुनुहोस् र घाममा सुकाउनुहोस् । फोहोर मास्कका कारण पिम्पले हुने सम्भावना हुन्छ । अर्कोतर्फ, यदि तपाईँ सर्जिकल मास्क प्रयोग गर्नुहुन्छ भने, यसलाई एक पटक मात्र लगाउनुहोस् ।

सफा बेड सिट अर्थात् तन्नाको प्रयोग
फोहोर तौलियासँगै फोहोर तन्नाले पनि पिम्पल निम्त्याउन सक्छ । त्यसैले हप्तामा एक पटक आफ्नो तकियाको खोलहरु र तन्ना धुनु धेरै महत्त्वपूर्ण छ । किनकि जब हामी आफ्नो अनुहार सिरानी वा ओछ्यानमा राख्छौँ, फोहोर ओछ्यानले पिम्पल निम्त्याउँछ । धेरैजसोले यसतर्फ ध्यान दिँदैनन् तर डन्डीफोर हुनुमा यो पनि एउटा कारण हो ।

कपाल धुनुहोस्
तपाईँको फोहोर कपाल पनि अनुहारमा आउने डन्डीफोरको कारण हुन सक्छ । हप्तामा दुई पटक कपाल धुनु आवश्यक छ । अन्यथा, फोहोर कपालका कारण निधार र गालामा पिम्पल हुन्छ ।

जङ्क फुडबाट टाढा रहनुहोस्
खानपानमा सावधानी अपनाउनु जरुरी छ । यदि तपाईँ लगातार जङ्क फुड वा धेरै गुलिया खाना खाइरहनुभएको छ भने, अनुहारमा डन्डीफोरको सम्भावना धेरै हुन्छ । त्यसैले खानामा हरियो सागसब्जी र फलफूल समावेश गर्नुपर्छ । जसले गर्दा छालामा चमक आउँछ ।

अमर उजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ