२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सओठको कालोपना हटाउन अपनाउनुस् यी ३ घरेलु उपाय (तरिकासहित)

ओठको कालोपना हटाउन अपनाउनुस् यी ३ घरेलु उपाय (तरिकासहित)


समय सँगै ओठ कालो हुनु राम्रो कुरा होइन तर समय यसको घरमै ख्याल गर्न सकियो भने ओठको कालोपना हटाउन सकिन्छ । यसका लागि तपाईँले अनार, जैतुनको तेल र एलोभेरा जस्ता उपायहरू अपनाउनु पर्छ ।

कहिलेकाहीँ ओठको रङ आफैँ गाढा हुन थाल्छ । ओठको कालोपन चुरोट पिउनेहरूलाई बढी लाग्छ, तर सधैँ यो आवश्यक हुँदैन । लामो समयसम्म पानीको कमी र ओठ सुख्खा हुँदा पनि यसको रङ्ग परिवर्तन हुन्छ । ओठलाई गुलाबी बनाउन प्रयोग गर्न सकिने ३ घरेलु उपाय यस्ता छन् ।

घिउकुमारी र मह
ताजा घिउकुमारी जेल निकाल्नुहोस् । अब जेलमा मह मिसाउनुहोस् । यो मिश्रणलाई हल्का हातले ओठमा लगाउनुहोस् र दसदेखि पन्ध्र मिनेटसम्म छोड्नुहोस् । जब यो सुक्न थाल्छ, ओठलाई मनतातो पानीले धुनुहोस् र सुख्खा र सफा कपडाले ओठ पुछ्नुहोस् ।

अनारको दाना
यो उपाय ओठ को लागि धेरै राम्रो काम गर्दछ । एक मुट्ठी अनारको दाना पिस्नुहोस् । अब यो अनारको पेस्टलाई मिल्क क्रिममा मिलाउनुहोस् । क्रिमको मात्रा धेरै नराख्नुहोस् । यो मिश्रण ओठमा लगाउनुहोस् र सुक्न छोड्नुहोस् । केही समयपछि चिसो पानीले धुनुहोस् ।

जैतुन को तेल
ओठको लागि जैतुनको तेल निकै फाइदाजनक हुन्छ । यसलाई प्रयोग गर्न, तपाईँले यसमा थोरै नुन हाल्नुहोस् र त्यसपछि यसलाई ओठको छालामा लगाउनुहोस् । सुत्ने बेलामा यो मिश्रण ओठमा लगाउनुहोस् र केही समयपछि कपडाले सफा गर्नुहोस् । ओठको रङ परिवर्तन हुन थाल्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ