२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा हुनसक्छ शरीरमा पानीको कमी : कसरी बच्ने ?

जाडोमा हुनसक्छ शरीरमा पानीको कमी : कसरी बच्ने ?


डिहाइड्रेशन अर्थात् शरीरमा पानीको कमी हुँदा धेरै साइड इफेक्ट हुन सक्छन् । सामान्यतया गर्मीको मौसममा चर्को घाममा र घामको तापमा शरीरले पसिना धेरै आउँछ र यो अनुपातमा हामीले पानी कम पिउने हो भने डिहाइड्रेसन हुने खतरा बढी हुन्छ । तर के तपाईँलाई थाहा छ यो जाडो मौसममा पनि शरीरमा पानीको कमी हुन सक्छ ?

जाडो मौसममा प्रायः मानिसले पानीको मात्रा कम गर्ने भएकाले डिहाइड्रेसनको समस्या हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । चिसो मौसममा, तिर्खा प्रतिक्रिया पनि कम हुन्छ, यद्यपि शरीरलाई पानीको आवश्यकता पहिले जस्तै रहन्छ। यो अवस्थाले विभिन्न जटिलताहरू निम्त्याउन सक्छ।

हरेक मौसममा हरेक मानिसले दैनिक ३–४ लिटर पानी पिउनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्, जाडो मौसममा पनि यो मात्रामा ख्याल गर्न जरुरी छ ।
चिसो मौसममा डिहाइड्रेसनका कारण कस्ता समस्या हुनसक्छन् ?
जाडोमा डिहाइड्रेसन
युनिभर्सिटी अफ न्यु ह्याम्पशायरको एक अध्ययनले चिसो महिनामा डिहाइड्रेसन समस्या हुनसक्छ, यो अवस्था गर्मीमा निर्जलीकरण जत्तिकै हानिकारक हुन सक्छ । कम तापक्रममा, शरीरले भारी कपडाको वजनमा पनि कडा परिश्रम गर्नुपर्छ । चिसो, सुख्खा हावामा पसिना चाँडै वाष्पीकरण हुन्छ । यसबाहेक चिसोमा कफी र चियाको अत्याधिक उपभोग गर्दा पनि कतिपय अवस्थाले डिहाइड्रेसन निम्त्याउन सक्छ । कफीलाई मूत्रवर्धक मानिन्छ, जसका कारण शरीरमा जोखिम हुन सक्छ ।

डिहाइड्रेसनले कस्तो समस्या निम्त्याउन सक्छ ?
गर्मीमा जस्तै, चिसो मौसममा डिहाइड्रेसनले धेरै तरिकामा समस्या ल्याउन सक्छ । यसको लक्षण समयमै पहिचान गर्न आवश्यक छ । बढ्दो तिर्खा, बारम्बार सुख्खा मुख, सुख्खा छाला, थकान र चक्कर आउने जस्ता अवस्थाहरूले तपाईंको शरीर निर्जलित भएको संकेत गर्न सक्छ । शरीरमा पानीको कमीका कारण कतिपय अवस्थामा यसले ज्वरो आउने, मांसपेशी दुख्ने, छाला कडा हुने जस्ता गम्भीर रोग पनि निम्त्याउन सक्छ ।

डिहाइड्रेसनले गम्भीर साइड इफेक्ट हुन सक्छ
मधुमेह र अन्य पुरानो अवस्था भएका व्यक्तिहरूलाई डाक्टरहरूले प्रायः पानी पिउन सल्लाह दिन्छन् । लामो समयसम्म वा बारम्बार डिहाइड्रेसनले पिसाब नलीमा सङ्क्रमण, मिर्गौलाको पत्थरी र मिर्गौला फेल पनि हुन सक्छ । यस बाहेक, निर्जलीकरणको अवस्थामा निम्न रक्तचापको उच्च जोखिम हुन्छ, जुन गम्भीर समस्या मानिन्छ ।

जाडोमा हाइड्रेसनको ख्याल गर्नुहोस्
चिसो मौसममा पनि हाइड्रेटेड रहन महत्वपूर्ण छ । पानी पिउनुका साथै अन्य केही कुरामा ध्यान दिएर समस्याबाट बच्न सकिन्छ ।
धेरै मात्रामा पानी पिउनुहोस् । शारीरिक व्यायाम पछि हाइड्रेशनको ख्याल राख्नु अझ महत्वपूर्ण हुन्छ । कहिले कति पानी पिउने आवश्यकताको सूची बनाउनुहोस् । फलफूल र सागसब्जीको सेवन गर्नुहोस्, जसले गर्दा शरीरलाई पानीसँगै पोषक तत्त्व पनि मिल्छ ।
सीमित मात्रामा कफी–टि सेवन गर्नुहोस्, किनकि यसले डिहाइड्रेसन हुन सक्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ