२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा पाइने यी तरकारीको सेवनले नियन्त्रण गर्छ मधुमेह

जाडोमा पाइने यी तरकारीको सेवनले नियन्त्रण गर्छ मधुमेह


मधुमेहको जोखिम कम गर्न, सबै मानिसहरूलाई स्वस्थ र पौष्टिक आहार उपभोग गर्न सुझाइन्छ । विशेष गरी  रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्ने चीजहरूको अधिक सेवन गर्दा शरीरलाई फाइदा पुग्दछ । अनुसन्धानकर्ताहरूको अनुसार केही जरा भएका सागसब्जीको सेवनले तपाईँलाई मधुमेह नियन्त्रणमा विशेष फाइदाहरू प्रदान गर्न सक्छ ।

विशेष गरी जाडो मौसममा पाइने यस्ता केही तरकारीको स्वास्थ्यमा विशेष फाइदा देखिएको छ । सबै उमेरका मानिसहरूलाई आहारमा यी तरकारीहरू समावेश गर्न सल्लाह दिइन्छ ।

जाडो मौसममा मौसमी फलफूल र तरकारीको विविधताले भरिपूर्ण हुने भएकाले यिनीहरूको सेवन गर्ने बानी बसाल्दा शरीरका लागि धेरै किसिमले फाइदा पुग्ने आहारविद्हरू बताउँछन् । यस सिजनमा मधुमेह नियन्त्रणका लागि धेरै कुराहरू पनि उपलब्ध हुन्छन्, जसलाई डाइटमा समावेश गर्नु राम्रो विकल्प हुन सक्छ ।

१.  सलगम
शोधकर्ताहरूले एक अध्ययनमा पत्ता लगाएअनुसार सलगमको सेवनले तपाईँलाई मधुमेह नियन्त्रणमा विशेष फाइदा पुर्‍याउँछ । पशु र परीक्षण ट्युब अध्ययनहरूले यस तरकारीमा एन्टिडायबेटिक प्रभावहरू रहेको पनि पत्ता लगाएको छ । अध्ययनका अनुसार सलगमको अर्कमा पाइने तत्त्वले मेटाबोलिज्म दरलाई ठिक राख्न मद्दत गर्छ, जसले गर्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

२. चुकन्दर 
मधुमेह रोगीका लागि चुकन्दर पनि लाभदायक रहेको पाइन्छ । तिनीहरू फाइटोकेमिकल्समा धनी हुन्छन् जसले तपाईँलाई ग्लुकोज र इन्सुलिन स्तरहरू नियन्त्रण गर्न मद्दत गर्दछ । सन् २०१२ को एक अध्ययनमा अन्वेषकहरूले चुकन्दरको सेवनले खाना पछि तपाईँको ग्लुकोज स्तरलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत गर्ने पत्ता लगाए । तर, यसको ग्लाइसेमिक इन्डेक्स उच्च हुने भएकाले मधुमेहमा चिकित्सकको सल्लाहमा मात्रै चुकन्दरको सेवन गर्न भनिएको छ  ।

३. गाजर

अन्वेषकहरूले गाजर खाने बानी बसाल्दा मधुमेहका बिरामीलाई फाइदा पुग्ने पत्ता लगाएका छन् । यसको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ र यो धेरै प्रकारका भिटामिनहरूले भरिपूर्ण हुन्छ जसले चिनीको स्तरलाई नियन्त्रण गर्न सक्छ । गाजरमा भिटामिन ए पनि पाइन्छ जुन आँखाका लागि फाइदाजनक मानिन्छ । मधुमेहका बिरामीका लागि गाजरको सेवन विशेष गरी फाइदाजनक हुन्छ ।

४. मूला 
मूलामा रगतमा चिनीको मात्रा बढ्न नदिने ग्लुकोसिनोलेट र आइसोथियोसाइनेट जस्ता रासायनिक यौगिकहरूले प्रशस्त मात्रामा पाइन्छ । मूला खाँदा प्राकृतिक रूपमा तपाईँको शरीरमा एडिपोनेक्टिनको उत्पादन बढ्छ, जुन एक एक हर्मोन हो, जसले इन्सुलिन प्रतिरोधबाट जोगाउन मद्दत गर्दछ । आहारमा मूला समावेश गर्नु राम्रो विकल्प हुन सक्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ