२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् उच्च कोलेस्ट्रोलको जोखिम : जान्नुहोस् कसरी बच्ने ?

यस्ता छन् उच्च कोलेस्ट्रोलको जोखिम : जान्नुहोस् कसरी बच्ने ?


रगतमा कोलेस्ट्रोलको मात्रा बढ्ने अवस्थालाई गम्भीर समस्याका रूपमा स्वास्थ्य विज्ञहरू मान्छन्, यसले  हृदयघातको जोखिम पनि बढाउँछ । यही कारणले गर्दा सबै मानिसहरूलाई जीवनशैली र खानपानमा ध्यान दिँदै कोलेस्ट्रोल नियन्त्रण गर्ने उपायहरू अपनाउन सल्लाह दिइन्छ ।

उच्च कोलेस्ट्रोलको कारण, रक्त नलीहरूमा बोसो जम्मा हुने जोखिम हुन्छ, जसले धमनीहरूमा पर्याप्त रगत प्रवाहमा बाधा पुराउँछ । यो समस्याका कारण मुटुमा पर्याप्त मात्रामा रगत पुग्दैन जसका कारण हृदयाघात वा स्ट्रोकको खतरा रहन्छ ।

जीवनशैलीमा गडबडीका साथै खानपानमा ध्यान नदिँदा पनि कोलेस्ट्रोल बढ्ने समस्या हुनसक्ने आहारविद्हरू बताउँछन् । धूम्रपान र मोटोपना जस्ता अवस्थाहरू पनि यसको कारण हुन सक्छन् । अनुसन्धानकर्ताहरूले  गम्भीर हृदय रोग बाहेक, उच्च कोलेस्ट्रोलले न्यूरोलोजिकल विकारहरूको जोखिम पनि बढाउन सक्ने चेतावनी दिएका छन् ।

यो जोखिमलाई मध्यनजर गर्दै सबैले कोलेस्ट्रोल नियन्त्रणका उपायहरू अपनाउनुका साथै यसको स्तरमा पनि ध्यान दिनुपर्छ ।

यो समस्याबाट कसरी बच्न सकिन्छ ?

उच्च कोलेस्ट्रोल र अल्जाइमर रोगको जोखिम

युनिभर्सिटी अफ कोलोराडो स्कुल अफ मेडिसिनका शोधकर्ताहरूले मस्तिष्क र रक्त नलीहरूमा कोलेस्ट्रोलको हानिकारक प्रभावहरूले हृदय रोगको अतिरिक्त अल्जाइमर रोगको जोखिम बढाउने पत्ता लगाएका छन् । यद्यपि, अल्जाइमर रोगलाई बढाउन कोलेस्ट्रोलले मस्तिष्कलाई कसरी क्षति पुयाउँछ भन्ने कुरा स्पष्ट छैन । उच्च कोलेस्ट्रोलको समस्याले विश्वव्यापी रूपमा ठूलो जनसङ्ख्या जसरी त्रसित छ, त्यसले भविष्यमा गम्भीर रोगहरूको जोखिम बढाउन सक्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । सानै उमेरदेखि मानिसले कोलेस्ट्रोल नियन्त्रण गर्ने उपायहरू अपनाउनु पर्छ ।

नियमित व्यायाम गर्ने बानी बसाल्नुहोस्

व्यायाम गर्ने बानीले कोलेस्ट्रोलको स्तर बढाउन सक्छ । मध्यम स्तरको शारीरिक गतिविधिले राम्रो कोलेस्ट्रोल बढाउने र खराब कोलेस्ट्रोल घटाउने देखाएको छ । हप्तामा पाँच पटक कम्तीमा ३० मिनेट वा हप्तामा तीन पटक २० मिनेट व्यायाम गर्ने बानी बसाल्दा फाइदा हुन्छ । नियमित योग अभ्यासबाट पनि कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न सकिन्छ ।

धूम्रपान

धूम्रपानले फोक्सोको समस्या मात्र बढाउँदैन तर यसले खराब कोलेस्ट्रोलको स्तर पनि बढाउने अध्ययनले देखाएको छ । शोधकर्ताहरूले पत्ता लगाए कि यो बानी छोड्दा विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याहरू सुधार गर्न सकिन्छ। धूम्रपान छोडेको तीन महिना भित्रमा तपाईँको रक्तसञ्चार र फोक्सोको कार्यमा सुधार हुन थाल्छ । धूम्रपान छाड्दा पनि कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्न सकिन्छ।

खानपानमा ध्यान दिन जरुरी

रातो मासु र उच्च फ्याट डेरी उत्पादनहरूमा पाइने सन्तृप्त बोसोले खराब कोलेस्ट्रोल बढाउन सक्छ । सन्तृप्त फ्याटको खपत कम गर्नाले लिपो प्रोटिन कोलेस्ट्रोल स्तरमा सुधार हुन्छ । अन्वेषकहरूका अनुसार  बिरुवामा आधारित आहारको उच्च सेवन र ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण आहारले कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्दै रक्तचाप कम गर्न लाभदायक हुन सक्छ । खानपानमा सबैले ध्यान दिनु अति आवश्यक छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ