२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्समाउथ अल्सरबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी सजिला घरेलु उपाय

माउथ अल्सरबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी सजिला घरेलु उपाय


प्रायः मानिसहरु मुखमा अल्सरको कारणले समस्यामा पर्छन् । यो गोलो आकारको घाउ हो, जसको रंग सेतो वा पहेंलो हुन्छ । मुखमा छाला पर्दा केही पनि खान मिल्दैन । दुखिरहन्छ ।

यी ओठ, जिब्रो वा गालाको भित्री भागमा हुन्छन् । कब्जियत, हर्मोनल परिवर्तन र अत्याधिक अम्लता आदि कारणले फोका आउने गर्छ । कहिलेकाहीँ शरीरमा आइरन, भिटामिन बी र सीको कमीले पनि हुन सक्छ । यसको उपचार सरल घरेलु उपचारबाट पनि सम्भव छ ।

मह
एन्टिब्याक्टेरियल गुण भएको महले मुखको अल्सरमा निकै प्रभावकारी औषधिको रूपमा काम गर्छ । यसले मुखलाई ओसिलो बनाउँछ र सुक्खा हुनबाट बचाउँछ । आफ्नो औंलाले मह लिनुहोस् र छालामा लगाउनुहोस् । तत्काल राहतको लागि यसमा बेसार मिसाउनुहोस् ।

नरिवलको तेल
यसमा पाइने एन्टी इन्फ्लेमेटरी कम्पाउन्डले मुखको सुन्निने समस्यालाई कम गरेर अल्सरको कारण हुने दुखाइबाट राहत दिन्छ । अल्सरमा नरिवलको तेल कपासको स्वाबले लगाउनुहोस् । आराम मिल्नेछ ।

एप्पल सिरप
यसमा पा्रकृतिक अम्लीय छ, जसका कारण तपाईलाई दुखाइ पनि हुन सक्छ । यो सिरका अल्सरको लागि एक शक्तिशाली घरेलु उपचार हो । आधा कप पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिलाउनुहोस् । यसलाई केही मिनेटको लागि मुखमा राख्नुहोस् । यसले छालाले गर्दा हुने दुखाईमा आराम मिल्छ ।

नुन पानी
यो अल्सरको लागि सबैभन्दा उपयुक्त घरेलु उपचार हो । एक गिलास मनतातो पानीमा एक चम्चा नुन मिलाउनुहोस् । यसको साथ कुल्ला गर्नुहोस् । यो प्रक्रिया दिनमा तीन देखि चार पटक दोहोर्याउनुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ