२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् पिनट बटर खानुको ४ फाइदा

यस्ता छन् पिनट बटर खानुको ४ फाइदा


ड्राई फ्रुट्स स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ तर यदि तपाई दैनिक रुपमा ड्राई फ्रुटको सेवन गर्न सक्नुहुन्न भने पिनट बटरको सेवन गर्न सक्नुहुन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार पिनट बटरको सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसको फाइदा बदाम र ओखरभन्दा कम छैन ।

पिनट बटरमा प्रचुर मात्रामा स्वस्थ मिनरल्स र भिटामिन पाइन्छ । यसबाहेक भिटामिन बी ५, जिंक, आइरन, पोटासियम र सेलेनियम पनि उच्च हुन्छ ।

यी सबै हाम्रो शरीरको विकासको लागि आवश्यक छन् । पीनट बटर धेरै प्रकारका शारीरिक समस्याबाट बचाउन उपयोगी हुन्छ । एक चम्चा पीनट बटरमा १०० क्यालोरी हुन्छ, जुन मोनोअनस्याचुरेटेड फ्याटको रूपमा हुन्छ । यसले हाम्रो शरीरका लागि फाइदा गर्नुका साथै मुटुसम्बन्धी रोग, तौल घटाउने र मोटोपनबाट बच्न पनि मद्दत गर्छ ।

पिनट बटर खानुका फाइदाहरू

१. स्तन क्यान्सरको जोखिम कम गर्दछ
पिनट बटरले महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । ९ देखि १५ वर्षका केटीहरूले दिनहुँ पिनट बटर खानुपर्छ । यसले उनीहरुमा स्तन क्यान्सरको जोखिम ३९ प्रतिशतसम्म घटाउन सक्छ ।

२. आँखाका लागि फाइदाजनक
मोबाइल र ल्यापटपको अत्याधिक प्रयोगले आँखा कमजोर बनाउँछ । यस्तो अवस्थामा पिनट बटरको सेवन गर्नाले भिटामिन ए पाइन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ ।

३. खराब कोलेस्ट्रोल घटाउने
पिनट बटरले तौल घटाउन मद्दत गर्छ । त्यसपछि यसले खराब कोलेस्ट्रोल घटाउन पनि मद्दत गर्छ । दैनिक एक चम्चा पिनट बटरले तौल बढ्ने र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ ।

४. पाचन प्रणाली ठीक गर्छ
पिनट बटरमा उच्च फाइबर हुन्छ । यसको नियमित सेवनले पाचन प्रणालीलाई मजबुत बनाउँछ । पाचन प्रणाली राम्रो हुँदा शरीरमा हुने सबै रोगबाट मुक्ति मिल्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ