२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् काँचो प्याज खानुका फाइदा

यस्ता छन् काँचो प्याज खानुका फाइदा


तपाईंले तरकारीमा प्याज प्रयोग गरिरहनुभएको होला र काँचो पनि खाइरहनुभएको होला तर के तपाईंलाई यसको फाइदाबारे थाहा छ ? गर्मी मौसममा मानिसहरु प्रायः काँचो प्याज खान रुचाउँछन्, किनकि यसले गर्मीबाट बचाउनुका साथै धेरै रोगबाट पनि बचाउन सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार काँचो प्याज खाँदा उच्च रक्तचापदेखि क्यान्सर र मुटु जस्ता रोगको जोखिम कम हुन्छ ।

सन् १९९० मा अमेरिकामा भएको एक अध्ययनमा काँचो प्याज खाँदा मुटुसँग सम्बन्धित रोग निको हुने दाबी गरिएको थियो । यसले पाचन प्रक्रियालाई ठीक राख्न पनि मद्दत गर्छ । आउनुहोस् जानौं काँचो प्याज खानुका फाइदाहरू…

सलादमा काँचो प्याज खाँदा पाचन प्रक्रियामा मद्दत गर्छ र श्वासप्रश्वाससम्बन्धी रोगबाट पनि बच्न मद्दत गर्छ । वास्तवमा, यसमा पाइने म्याग्नेसियम र अन्य खनिज लवणले शरीरमा रगतको प्रवाहलाई कायम राख्न मद्दत गर्छ, जसले ऊर्जा स्तरलाई कायम राख्छ । तपाईं खाजाको लागि सलादमा कच्चा प्याज समावेश गर्न सक्नुहुन्छ ।

प्याजले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि काम गर्छ । यसमा फस्फोरस, म्याग्नेसियम, पोटासियम र भिटामिन–सी जस्ता गुणहरू हुन्छन्, जसले शरीरलाई स्वस्थ मात्र बनाउँदैन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।

प्याजमा क्यान्सर प्रतिरोधी गुण पनि पाइन्छ । तिनीहरूले शरीरमा क्यान्सर कोशिकाहरू बढ्नबाट मात्र रोक्द, तिनीहरूलाई समाप्त पनि गर्छन् । प्याज खानेमा क्यान्सरजस्ता गम्भीर रोग लाग्ने सम्भावना कम हुने धेरै अध्ययनमा दाबी गरिएको छ ।

प्याजमा सल्फर कम्पाउन्ड पाइन्छ जसले ब्लड सुगरको जोखिम कम गर्छ । यदि कसैलाई उच्च रक्तचापको समस्या छ भने उसले काँचो प्याज खानुपर्छ ।

युनिभर्सिटी अफ मेरील्याण्डको मेडिकल सेन्टरका अनुसार काँचो प्याजको सेवनले मूत्राशयको संक्रमणलाई पनि कम गर्न मद्दत गर्छ । धेरै अध्ययनमा यो पनि भनिएको छ कि प्याजको सेवन मुटुसँग सम्बन्धित रोगहरुमा पनि फाइदाजनक हुन्छ । यसले हृदयाघातको जोखिम पनि कम गर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ