२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सहेडफोन–इयरफोन प्रयोग गर्दा शरिरमा पर्नसक्ने ५ गम्भीर असर

हेडफोन–इयरफोन प्रयोग गर्दा शरिरमा पर्नसक्ने ५ गम्भीर असर


आजकल धेरैजसो मानिसहरू शहरी कोलाहलबाट बच्न वा फेसनले हेर्नको लागि हेडफोन प्रयोग गर्छन् । अफिस जानु होस्, कलेज जानु होस् वा यात्रामा जानु होस्, यस्तो समयमा हेडफोन वा इयरफोन सबैको साथी बन्न पुग्छ ।

यो सत्य हो कि हेडफोनले बाहिरी आवाजबाट जोगाउँछ । तर के तपाईलाई थाहा छ यसको अत्याधिक प्रयोग तपाईको लागि हानिकारक साबित हुन सक्छ ?

यदि तपाईं पनि घन्टौं हेडफोन प्रयोग गर्ने व्यक्तिहरू मध्ये एक हुनुहुन्छ भने, होसियार हुनुहोस् । किनभने यसको प्रयोगले तपाईको कानमा नराम्रो असर पार्नुसक्छ ।

इयरफोन वा हेडफोनले शरीरलाई हानि पु¥याउनुका साथै नराम्रो लत पनि बन्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । इयरफोनबाट आउने सङ्गीतले तपाईंको कानको पर्दामा ठूलो असर पार्छ, जसले स्थायी क्षति पु¥याउन सक्छ । पछिल्लो १० वर्षमा, पोर्टेबल इयरफोनबाट आउने चर्को संगीतको धेरै प्रभावहरू देखिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हेडफोन वा इयरफोनको अत्याधिक प्रयोगका कारण विश्वभर करिब १० करोड युवाको श्रवण क्षमता प्रभावित हुने अनुमान गरेको छ ।

१. बहिरोपन
इयरफोन वा हेडफोनको साथ ठूलो स्वरमा संगीत सुन्दा तपाईंको श्रवण क्षमतालाई असर गर्न सक्छ । कानको सुन्न क्षमता ९० डेसिबल मात्र हुन्छ, तर निरन्तर सुन्दा ४०–५० डेसिबलसम्म घट्न सक्छ ।

२. हृदय रोग को जोखिम
विज्ञहरूका अनुसार हेडफोन लगाएर घण्टौंसम्म संगीत सुन्नु कानका साथै मुटुका लागि पनि राम्रो होइन । यसले मुटुको धड्कन छिटो बनाउँदै, मुटुलाई पनि धेरै नोक्सान पु¥याउँछ ।

३. टाउको दुखाइ
हेडफोन वा इयरफोनबाट निस्कने विद्युत चुम्बकीय तरंगहरूले मस्तिष्कमा नराम्रो प्रभाव पार्छ । जसका कारण टाउको दुख्ने र माइग्रेनको समस्या हुन्छ । धेरै मानिसहरू निद्रा गडबडी, निद्रा नलाग्ने, अनिद्रा वा स्लीप एपनियाबाट ग्रस्त छन् ।

४. कानको संक्रमण
इयरफोन सीधै कानमा राखिएको छ, जसले हावाको बाटोमा बाधा पु¥याउँछ । यो अवरोधले ब्याक्टेरियाको वृद्धि सहित विभिन्न प्रकारका कानको संक्रमण निम्त्याउन सक्छ ।

५. तनावमा वृद्धि
हेडफोनको लामो समयसम्म प्रयोगले व्यक्तिको सामाजिक जीवन र मानसिक स्वास्थ्यको क्षमतालाई असर गर्न सक्छ । कहिलेकाहीँ यसले थप चिन्ता र तनाव पनि निम्त्याउन सक्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ