२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् दिनहुँ गोलभेँडा खानुका फाइदा

यस्ता छन् दिनहुँ गोलभेँडा खानुका फाइदा


शरीर र दिमागलाई स्वस्थ राख्न प्रकृतिले फलफूल, तरकारी, मसला र औषधीय गुणहरू प्रदान गरेको छ । शरीरका विभिन्न समस्याका लागि उपयोगी प्राकृतिक खाद्यपदार्थ अमृत जस्तै हुन्छन् । यी खानेकुरा उपयोगी छन्, यसको प्रमाण पुरातन आयुर्वेदिक र ग्रीक ग्रन्थमा मात्र पाइँदैन, आधुनिक चिकित्सा विज्ञानले पनि यिनीहरूको गुणको वर्णन गरेको छ ।

फलफूल, तरकारी, सुख्खा फलफूल, मसला र दूध–दही आदि शरीरका लागि आवश्यक भिटामिन, मिनरल्स र कार्बोहाइड्रेटको भण्डार हुने कुरा धेरै वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ । प्राकृतिक खानेकुराले शरीरलाई स्वस्थ बनाउँछ । गोलभेँडालाई यी औषधीय गुण भएका फलफूल र तरकारीको श्रेणीमा समावेश गरिएको छ । टमाटर खानुका धेरै फाइदाहरु छन् ।

गोलभेँडामा पाइने पोषक तत्व
गोलभेँडामा भिटामिन ए, भिटामिन सी र भिटामिन के राम्रो मात्रामा पाइन्छ । यसबाहेक टमाटरमा पोटासियम, म्याग्नेसियम, फस्फोरस, कपर र नियासिन जस्ता पोषक तत्वहरू पनि पाइन्छ । गोलभेँडामा सोडियम, कोलेस्ट्रोल र क्यालोरी धेरै कम हुन्छ ।
गोलभेँडा खानुका फाइदाहरु

तौल घटाउँछ : टमाटरको सेवनले तौल घटाउन मद्दत गर्छ । टमाटरमा फाइबर गुण हुन्छ, जसले आन्द्रालाई स्वस्थ राख्छ । यसका गोलभेँडालाई सलादको साथै सुप र जुस बनाएर पिएर पनि तौल घटाउन सकिन्छ ।

आँखाका लागि फाइदाजनक : टमाटरमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ । भिटामिन र मिनरल्सको गुणका कारण टमाटरको सेवनले आँखालाई स्वस्थ राख्छ ।

बलियो रोगप्रतिरोधात्मक क्षमता : कोभिड–१९ को समयदेखि नै मानिसले आफ्नो रोग प्रतिरोधी क्षमता बढाउन खानामा पौष्टिक वस्तुको सेवन गरिरहेका छन् । यस अवस्थामा, तपाइँ आफ्नो आहार योजना मा गोलभेँडा समावेश गर्न सक्नुहुन्छ । यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट, लाइकोपीन र बिटा क्यारोटिन जस्ता तत्वहरू पाइन्छ, जुन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । टमाटरले रुघाखोकी र फ्लू जस्ता संक्रमणबाट पनि बचाउने काम गर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ