२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्सके अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ?

के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ?


अण्डा एक सुपरफुड हो जसलाई अधिकांश घरपरिवारमा बिहानको समयमा अण्डाको सेवन गरिन्छ । अण्डा खाँदा शरीरलाई धेरै फाइदा हुन्छ, जस्तै रातो रक्त कोशिका बढ्छ, यसले प्रोटिन र भिटामिन उपलब्ध गराउँछ । यसका साथै लामो समयसम्म भोक लाग्दैन ।

धेरै रिपोर्टमा अन्य खानेकुराको तुलनामा अण्डामा कोलेस्ट्रोल बढी हुन्छ भन्ने पनि भनाइ भए पनि अहिले सधैं यो प्रश्न उठ्ने गर्छ कि अण्डा खानु मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? अण्डा खाँदा मुटुको समस्या बढ्दैन ? त्यसैले यसको जवाफ एक अध्ययनमा बाहिर आएको छ ।

अण्डा खाँदा मुटुको स्वास्थ्यमा फाइदा – अनुसन्धान
अनुसन्धानले पत्ता लगाएको छ कि धेरै अण्डा खानु तपाईंको मुटुको लागि राम्रो हुन सक्छ । बोस्टन युनिभर्सिटीका अन्वेषकहरूले २३०० भन्दा बढी वयस्कहरूमा डाटा अध्ययन गरे र निष्कर्ष निकाले कि हप्तामा छ वा बढी अण्डा खानु रक्तचाप कम गर्न र टाइप २ मधुमेहको कम जोखिमसँग जोडिएको थियो । यस्तो अवस्थामा अहिले अण्डा खाँदा मुटुको स्वास्थ्यलाई बढाउने सुझाव दिइएको छ ।

अमेरिकन हार्ट एसोसिएसनले मुटुको स्वास्थ्यलाई राम्रो बनाउन आहारमा एउटा अण्डा वा दुईवटा अण्डाको सेतो भाग मात्रै खानु पर्ने सुझाव दिए पनि विज्ञहरुले अण्डा पनि राम्रो हुने विश्वास गरेका छन् ।

विज्ञहरूका अनुसार एउटा अण्डाले करिब ६ ग्राम प्रोटिन उपलब्ध गराउँछ । एक सामान्य स्वस्थ वयस्कलाई प्रत्येक किलोग्राम तौलका लागि प्रतिदिन ०.८ देखि १ ग्राम प्रोटिन चाहिन्छ, जसको मतलब यदि तपाईको तौल ६० किलो छ भने तपाईलाई ४०.–६० ग्राम प्रोटिन चाहिन्छ । यस बाहेक अण्डाको सेतो भाग खानुका साथै हप्तामा २–३ वटा पहेँलो पनि खान सकिन्छ ।

अण्डामा अन्य पोषक तत्व पनि पाइन्छ
भिटामिन ए – ६ प्रतिशत
भिटामिन द्यछ – ७ प्रतिशत
भिटामिन द्यज्ञद्द – ९ प्रतिशत
फस्फोरस – ९ प्रतिशत
भिटामिन बि २ – १५ प्रतिशत
सेलेनियम – २२ प्रतिशत

अण्डा को स्वास्थ्य लाभ
अण्डामा प्राकृतिक रक्तचाप घटाउने गुणहरू छन। एन्जियोटेन्सिन–रूपान्तरण गर्ने इन्जाइम अवरोधकहरू यौगिकहरू हुन् जसले तपाईंको रक्त नलीहरूलाई आराम गरेर र तपाईंको रक्त प्रवाह सुधार गरेर तपाईंको रक्तचाप कम गर्दछ । प्रोटिनले पाचन प्रक्रियालाई मात्र ढिलो बनाउँदैन, यसले ग्लुकोज अवशोषणलाई पनि ढिलो बनाउँछ ।

यदि तपाईलाई मधुमेह छ भने यो धेरै उपयोगी छ । अण्डाले राम्रो कोलेस्ट्रोलको स्तर पनि सुधार गर्छ र मुटुको समस्याबाट बच्न तौल व्यवस्थापनमा मद्दत गर्छ । उसिनेको अण्डा खानु झनै फाइदाजनक मानिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ