२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सहेमोग्लोबिनको कमी भएकाले के खाने ?

हेमोग्लोबिनको कमी भएकाले के खाने ?


आफ्नो स्वास्थ्यप्रति खासै ख्याल नगर्दा मानिसको शरीरमा आइरनको कमी हुन्छ र त्यसपछि हेमोग्लोबिनको मात्रा पनि घट्छ । रातो रक्त कोशिकाहरू पनि कम हुन थाल्छन् ।

त्यस्ता व्यक्तिहरूले अपनाऔँ यी स्वस्थ बानी
अमलाले हेमोग्लोबिनको मात्रा पनि बढाउँछ, यसमा पाइने एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुणले रगत शुद्धीकरणमा पनि मद्दत गर्छ, तपाईले आफ्नो आहारमा अमलालाई पनि समावेश गर्न सक्नुहुन्छ ।

फलामको भाँडोमा खाना पकाउनुहोस्, जसका कारण खानामा प्रचुर मात्रामा फलाम जान्छ । यसले हेमोग्लोबिन बढाउन मद्दत गर्दछ, यसरी पकाएको खानाले एनीमिया हटाउन पनि मद्दत गर्दछ ।

धेरै बेर भोकै नबस्ने, एक पटक खाना खाएपछि पटक खान धरै समय नलगाउनुहोस् । लामो समयसम्म भोको बसेका कारण फलामको संश्लेषण कम हुन थाल्छ । आइरनको कमीले शरीरमा हेमोग्लोबिनको मात्रा कम हुन्छ ।

कब्जियतको गुनासो हुँदा पेट सफा गर्न प्राय मानिसहरु औषधि र पाउडरको सहारा लिने गर्छन्, त्यसबाट दुरी कायम गर्नुहोस् किनकि पेट सफा गर्ने औषधिको बेफाइदा भनेको शरीरमा हेमोग्लोबिनको कमी हुनु हो ।

ओखरले हेमोग्लोबिन पनि बढाउँछ, यसमा ओमेगा–३ फ्याटी एसिड, क्याल्सियम म्याग्नेसियम फाइबर र भिटामिन बी पाइन्छ र यी सबै चीजहरूले रक्त कोशिकाहरू बढाउँछन् ।

टमाटर खाँदा पनि शरीरमा रगतको कमी सजिलै पूरा हुन्छ । म्याग्नेसियम, फस्फोरस र तामा जस्ता पोषक तत्वहरूले हेमोग्लोबिन बढाउन मद्दत गर्दछ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ