२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदुब्लो-पातलो भएर हैरान हुनुहुन्छ ? तौल बढाउन खानुहोस् यी ५ खानेकुरा

दुब्लो-पातलो भएर हैरान हुनुहुन्छ ? तौल बढाउन खानुहोस् यी ५ खानेकुरा


तौल घटाउनको लागि जति मिहिनेत गर्नुपर्छ, तौल बढाउन पनि त्यति नै मेहनत गर्नुपर्छ । कोही मानिसहरु आफ्नो बढेको तौलले चिन्तित छन् भने कोही आफ्नो तौल बढाउन चाहन्छन् । तौल बढाउनका लागि जंक फूड, पेस्ट्री, कुकीज वा आइसक्रिम जस्ता खाद्यहरूले तपाइँलाई कुनै पनि मद्दत गर्दैन ।

जंक फूड तौल बढ्ने वा घटाउने दुवै अवस्थामा हानिकारक साबित हुन्छ । किनकीे तिनीहरूमा उच्च क्यालोरीहरू मात्र समावेश हुन्छन्, तर आवश्यक पोषक तत्वहरू समावेश हुँदैनन्, जुन हाम्रो शरीरलाई सबैभन्दा बढी चाहिने कुरा हो । त्यसैले सबैले यसबाट बच्न प्रयास गर्नुपर्छ ।
मांसपेशी बढाउन र तौल बढाउन जति सजिलो देखिन्छ, त्यति सजिलो छैन । यद्यपि, सही आहारको साथ, तपाईं वजन बढाउन र घटाउन सक्नुहुन्छ ।

यहाँ हामी केही यस्ता कुराहरु बताउन गइरहेका छौँ, जसको सेवनले तौल बढाउन मद्दत गर्छ ।
तौल बढाउन खानुहोस् यी चिजहरु

१. एभोकाडोः शरीरमा स्वस्थ बोसो बढाउन एभोकाडोको प्रशस्त मात्रामा सेवन गर्नु राम्रो उपाय हो । एभोकाडोमा मोनोअनस्याचुरेटेड फ्याट हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ ।

२. आलु: छिट्टै तौल बढाउन आलुको सेवन सुरु गर्न सक्नुहुन्छ । यसले तपाईंको शरीरलाई अतिरिक्त क्यालोरी प्रदान गर्दछ । आलुमा कार्बोहाइड्रेट र क्यालोरी हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ ।

३. केराः यदि तपाई साँच्चै तौल बढाउन चाहनुहुन्छ भने सबैभन्दा राम्रो विकल्प केराको सेवन सुरु गर्नु हो । केरा पाचन क्रियाका साथै मुड र निद्राका लागि निकै लाभदायक फल हो ।

४. पिनट बटरः पिनट बटर एक स्वादिष्ट स्प्रेड हो । यसमा उच्च फ्याट क्वालिटी (मोनो र पोलिअनस्याचुरेटेड फ्याट) हुन्छ, जसले तौल बढाउन मद्दत गर्छ । यसका साथै यसको सेवनले फाइबर, प्रोटिन र म्याग्नेसियम पनि राम्रो मात्रामा प्राप्त हुन्छ ।

५. नट्सः काजू, बदाम, ओखर आदि जस्ता नटस्ले पनि तौल बढाउनमा धेरै मद्दत गर्दछ । तिनीहरूमा धेरै अनस्याचुरेटेड फ्याट हुन्छ, जसले तपाईंको आहारमा स्वस्थ क्यालोरीहरू थप्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ