२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयस्ता छन् मेवा खानुका फाइदा

यस्ता छन् मेवा खानुका फाइदा


मेवा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अध्ययनका अनुसार मेवामा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई धेरै गम्भीर रोगहरूबाट बचाउन मद्दत गर्छ । मेवामा भिटामिन र यौगिकहरू हुन्छ । आहारविद्का अनुसार केही रोग लागेमा मेवाको नियमित सेवन गर्नुपर्छ । मेवामा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले धेरै प्रकारका गम्भीर रोग र संक्रमणबाट बचाउन मद्दत गर्छ ।

कोरोनाको समयमा मेवालाई रोग प्रतिरोधी क्षमता बढाउन फाइदाजनक फल मानिन्थ्यो । यो भिटामिन सीको उत्कृष्ट स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ । पेट, पाचन प्रणाली, छालाको टोन सुधार र दम जस्ता दीर्घकालीन रोगहरूमा मेवाको सेवन लाभदायक हुन्छ ।

मेवा खानुका फाइदाहरु

मधुमेहमा मेवा खानुहोस्
मधुमेह रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । मधुमेह रोगीहरुका लागि मेवा खानु राम्रो विकल्प हो । अध्ययनका अनुसार टाइप–१ मधुमेहका बिरामीले उच्च फाइबरयुक्त आहार खानुपर्छ । यसले रगतमा चिनीको मात्रा कम गर्न सक्छ । मेवामा राम्रो मात्रामा फाइबर हुन्छ ।

क्यान्सरको जोखिम कम हुन्छ
विज्ञहरूका अनुसार मेवामा लाइकोपीन कम्पाउण्ड हुन्छ, जसले क्यान्सरको जोखिम कम गर्छ । क्यान्सरको उपचार गराइरहेका बिरामीका लागि मेवाको सेवन लाभदायक हुन्छ । यसका साथै मेवामा एन्टिअक्सिडेन्ट बिटा क्यारोटिन पनि पाइन्छ । बीटा क्यारोटिनयुक्त आहारको सेवनले युवा पुरुषहरूमा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ ।

हड्डी बलियो बनाउँछ
मेवाको सेवनले हड्डी बलियो बनाउँछ । मेवाले शरीरमा भिटामिन सीको कमीलाई हटाउँछ । भिटामिन सीको कमीले हड्डी भाँच्ने खतरा बढाउँछ । मेवामा भिटामिन के र क्याल्सियम पनि राम्रो मात्रामा पाइन्छ ।

अन्य फाइदाहरु
शरीरमा कब्जियतको समस्यो छ भने मेवा दैनिक सेवन गर्नुपर्छ । यसले पेट सफा राख्छ । यो पेट दुखाइ, कब्जियतमा लाभदायक हुन्छ । साथै छालालाई स्वस्थ राख्छ । आँखालाई स्वस्थ राख्न पनि मेवा खानुपर्छ । मेवाले शरीरमा पानीको कमीलाई पनि हटाउँछ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ