२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकपालका लागि पिउनुहोस् यी ४ जुस, हुनेछ धेरै फाइदा

कपालका लागि पिउनुहोस् यी ४ जुस, हुनेछ धेरै फाइदा


सुन्दर र बलियो कपाल कसलाई मन पर्दैन । सबैले त्यसको आकांक्षा राख्छन् । तर, खराब जीवनशैली र खराब खानपानका कारण हामी कपाल झर्ने समस्याको सामना गर्न बाध्य हुन्छौँ । तर, थोरै हेरचाह गरेमा तपाईले स्वस्थ र बलियो कपाल फिर्ता पाउन सक्नुहुन्छ । उचित पोषणको कमीले पनि कपाल झर्छ । त्यसैले सन्तुलित आहार सेवन गर्नु जरुरी छ ।

यदि तपाइँ कपाल सम्बन्धी समस्याहरू जस्तै– कपाल झर्नु, टुक्रिने, कपाल पातलो हुनु आदिको सामना गर्दै हुनुहुन्छ भने यी जुसको सेवन गर्नाले तपाईले कपालसँग सम्बन्धित धेरै समस्याबाट छुटकारा पाउनुहुनेछ ।

सुन्तलाको रस
सुन्तला भिटामिन सी र एन्टिअक्सिडेन्टमा भरपूर हुन्छ, जसले फ्री रेडिकल क्षतिसँग लड्न मद्दत गर्दछ र कपालको वृद्धिलाई बढाउन सक्छ । सुन्तलामा भिटामिन बी १२ र भिटामिन ई पनि प्रशस्त मात्रामा पाइन्छ, जसले कपालको फोलिकल्सलाई मर्मत गर्ने काम गर्छ ।

अमलाको रस
अमला भिटामिन सी को अर्को राम्रो स्रोत हो । यसले कपाललाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । अमला कपालको वृद्धि बढाउन सहयोगी हुन्छ । यसमा क्याल्सियम पनि पाइन्छ, जसले कपालको पातलोपनलाई हटाएर स्वस्थ राख्न काम गर्छ ।

चुकन्दरको रस
चुकन्दरको जुसले कपालको वृद्धि बढाउन मद्दत गर्छ । यो जुस निकै स्वस्थकर हुन्छ, जसले धेरै स्वास्थ्य समस्यालाई हटाउन मद्दत गर्छ । यसको कारण यो हो कि यसले हेमोग्लोबिन सुधार गर्न काम गर्दछ ।

नरिवलको पानी
नरिवलको पानी पनि अन्य जुसजस्तै धेरै पौष्टिक हुन्छ, जसले कपालको वृद्धिलाई बढाउँछ । नरिवलको पानीले शरीरलाई हाइड्रेट पनि राख्छ । यसमा यस्ता अत्यावश्यक पोषक तत्वहरू हुन्छन्, जुन स्वस्थ र बलियो कपालको लागि आवश्यक हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ