२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सभिटामिन ‘डी’को मनपरी सेवनले शरीरमा देखिन सक्छन् यस्ता असर

भिटामिन ‘डी’को मनपरी सेवनले शरीरमा देखिन सक्छन् यस्ता असर


भिटामिन डी तपाईको हड्डी, मांसपेशी, स्नायु र प्रतिरक्षा प्रणालीको लागि महत्त्वपूर्ण छ । भिटामिनको मुख्य स्रोत सूर्यको किरण हो । यसबाहेक केही खानेकुराबाट शरीरलाई भिटामिन डी प्राप्त हुन्छ । यसले शरीरमा क्याल्सियम र फस्फेटको अवशोषणलाई बढाउँछ ।

तर यदि तपाईंले यसको धेरै मात्रामा सेवन गर्नुभयो भने, यसले भिटामिन डी विषाक्तता भनिने दुर्लभ र गम्भीर अवस्था निम्त्याउन सक्छ । चिकित्सा भाषामा डाक्टरहरूले यसलाई हाइपरभिटामिनोसिस डी भन्छन् । यो अवस्थाले कमजोरी र बान्ता जस्ता लक्षणहरू ल्याउन सक्छ । यसले तपाईंको मृगौला वा मुटुको गतिलाई पनि असर गर्न सक्छ ।

मृगौलामा हुने क्षति– यदि भिटामिन डीको अत्यधिक सेवन गर्न थाल्नुभयो भने यसले रगतमा क्याल्सियमको मात्रा बढाउँछ जसका कारण हाम्रो शरीरका तन्तुहरूलाई क्षति पुग्न सक्छ । भिटामिन डीको विषाक्तताले मृगौलामा दाग लाग्ने र मृगौला फेल पनि हुन सक्छ । यो कारणले गर्दा शरीरमा भिटामिन डी धेरै हुँदा क्याल्सियमको उच्च स्तर हुन सक्छ, जसले अत्यधिक पिसाब र मृगौलाको क्याल्सिफिकेशनबाट पानीको कमी हुन सक्छ।यसले मृगौलामा पत्थरी हुने खतरा पनि बढाउँछ ।

फोक्सोमा नोक्सान – भिटामिन डी को अधिक सेवनले रगतमा क्याल्सियम, फस्फेटको स्तर बढाउँछ । तिनीहरूबाट बनेको क्रिस्टल फोक्सोमा जम्मा हुन थाल्छ । यसले फोक्सोमा क्षति पु¥याउन सक्छ, जसका कारण छाती दुख्ने र सास फेर्न गाह्रो हुने गर्छ ।

प्रलापका जटिलताहरू – भिटामिन डीको विषाक्तताले सामान्यतया मानिसहरूमा भ्रम, डिप्रेसन, साइकोसिस जस्ता लक्षणहरू निम्त्याउँछ । २०२१ को केस रिपोर्टमा, ६४ वर्षीय पुरुषले गल्तीले दैनिक २,००,००० आईयू भिटामिन डी लिइरहेका थिए । जसका कारण उनी मानसिक समस्याबाट गुज्रनुपरेको थियो । व्यक्ति अलमलमा पर्न थाल्यो । तर अस्पतालमा भर्ना भएपछि उनको क्याल्सियमको स्तर घट्दै गएपछि उनी बिस्तारै निको हुन थाले ।

ग्यास्ट्रोइंटेस्टाइनल समस्या– शरीरमा भिटामिन डीको अत्याधिक सेवन हाम्रो आन्द्राका लागि पनि हानिकारक हुन सक्छ रगतमा क्याल्सियमको मात्रा बढेपछि पखाला लाग्ने, पेट दुख्ने र कब्जियत जस्ता समस्या हुन थाल्छ । जसका कारण वान्ता पनि हुने गर्छ ।
हड्डीलाई कमजोर बनाउन सक्छ – भिटामिन डीको अधिक सेवनले रगतमा क्याल्सियम बढ्छ, जसका कारण हड्डीलाई मजबुत बनाउने हर्मोन बन्द हुन्छ । जसका कारण हड्डीसँग सम्बन्धित गम्भीर समस्याहरु आउन थाल्छन् । जोर्नीको दुखाइसँगै मानिसलाई हिँडडुल गर्न पनि समस्या हुन्छ ।

भिटामिन डी को सही मात्रा के लिनु पर्छ?
जब मानिसको उमेर ७० वर्षभन्दा बढी हुन्छ, तब उसलाई ८०० आइयू भिटामिन डी चाहिन्छ । जब एक व्यक्तिको उमेर १ वर्षदेखि ७० वर्षसम्म हुन्छ, तब ६०० आइयू भिटामिन डी चाहिन्छ । १२ महिनासम्मको बच्चालाई दैनिक ४०० आइयु भिटामिन डी चाहिन्छ । भिटामिन डी शरीरको लागि धेरै महत्त्वपूर्ण छ । यसको मात्रा घट्यो भने पनि समस्या हुन सक्छ र आवश्यकताभन्दा बढी भयो भने हानि पनि हुन सक्छ । सधै घामबाट भिटामिन डीको कमीलाई पूरा गर्ने प्रयास गर्नुहोस् । यसबाहेक भिटामिन डी चिकित्सकको सल्लाहमा मात्र लिनुहोस् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ