२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठटिप्सआँखा पाक्ने रोगको घरमै स्याहार गर्दा ध्यान दिनुपर्ने ७ कुरा

आँखा पाक्ने रोगको घरमै स्याहार गर्दा ध्यान दिनुपर्ने ७ कुरा


काठमाडौं—नेपालमा अहिले आँखा पाक्ने रोगको संक्रमण प्रकोपकै रुपमा देखिने थालेको छ । पूर्वी नेपाल, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशलगायतका प्रदेशमा पनि आँखा पाक्ने रोगको संक्रमण बढिरहेको छ ।

भाइरल कन्जंक्टीभाइटिस पनि भनिने यो रोग लागेमा आँखामा संक्रमण हुने हुन्छ । राम्रोसँग स्याहार गरेमा यो रोग १ देखि २ हप्ताभित्रमा निको हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरल कन्जंक्टीभाइटिसको घरमै स्याहार गर्दा के गर्ने/के नगर्ने भनेर सल्लाह दिएको छ । मन्त्रालयकाअनुसार घरमै आँखा पाक्ने रोगको स्याहार गर्दा अपनाउनुपर्ने ७ टिप्स दिएको छ ।

१. वरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमाल राखेर सेक्ने

२. आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने

३. आँखा छोइसकेपछि साबुन पानीले मिचीमिची राम्रोसँग हात धुने

४. प्रशस्त मात्रामा पानी र पोषिलो खानेकुरा खाने

५. बाहिर घाममा जाँदा कालो चश्मा प्रयोग गर्ने

६. संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, ताबेल, सिरानी, तन्ना आदि हरेक दिन धुने र सफा गर्ने

७. संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ