२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सरोगसँग लड्ने क्षमता बढाउन बहुउपयोगी ड्राई फुड

रोगसँग लड्ने क्षमता बढाउन बहुउपयोगी ड्राई फुड


स्वस्थ रहन भरपुर पोषण भएको खाना र अरु पनि धेरै प्रकारका ड्राई फुडहरु खानुपर्छ । सबैले पोषण तत्व भएको खाना खाएको हुन्छ । तर ड्राई फुड सामान्य कुरा भएकोले त्यति वास्ता गरिदैन । ड्राइ फुडले शरीरलाई उर्जावान राख्छ । ड्राई फुडलाई सुख्खा नै खानुभन्दा भिजाएर खानु धेरै फाइदाजनक हुन्छ । यसको फाइदाको चर्चा तल गरिएको छ ।

बदाम

बदाम सबै भन्दा राम्रो ड्राई फुडहरु मध्ये एक हो । यसमा भिटामिन इ, एन्टिअक्सिडेन्ट र तेल भरपुर मात्रामा पाइन्छ । यसलाई काँचो, भुटेर वा पानीमा भिजाएर खान सकिन्छ । यसले छालालाई स्वास्थ, चम्किलो र मुटु स्वास्थ राम्रो राख्न मद्दत गर्छ ।

ओखर

ओखरले मस्तिष्कलाई तेजिलो बनाउन मद्दत गर्छ । यसमा ओमेगा–३ फ्याटी एसिड, प्रोटिन र मिनिरल्स पाइन्छ । यसले खोकी र कब्जियत जस्तो समस्याबाट पनि राहात दिन्छ । ओखर खाने सबै भन्दा राम्रो तरिका दुधमा भिजाएर वा पानीमा भिजाएर हो ।

किसमिस
किसमिस राम्रो ड्राई फुड हो । भिजाएर खाएको किसमिसले कब्जियतबाट राहात, दिन्छ । आन्द्रा चलाउन मद्दत गर्छ । यसले एसिडिटीको उपचारको रुपमा पनि काम गर्छ ।

अंजीर
अंजीर एक स्वादिष्ट ड्राई फुड हो । यो फाइबरले भरीको हुन्छ । अंजीरमा कुनै पनि बोसो र कोलस्टोर हुँदैन । यसलाई भिजाएर खानु प्रजनन् स्वास्थको लागि राम्रो मानिन्छ


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ