२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयूरिक एसिड कम गर्ने उपायहरु

यूरिक एसिड कम गर्ने उपायहरु


यूरिक एसिड यस्तो तत्व हो जुन सबैको शरीरमा बन्छ । यो सन्तुलित मात्रामा उत्पादन भएमा मृगौलले शरीरलाई आवश्यक मात्रामा नियन्त्रण गर्छ । जरुरत भन्दा ज्यादा भयो भने मृगौलाले यसलाई शरीर बाहिर निकाल्दिन्छ । एक आम महिलामा यूरिक एसिडको मात्रा २.४ देखि ६.० एमजी÷डिएल हुनुपर्छ । त्यस्तै पुरुषमा ३.४ देखि ७.० एमजी/डिएलसम्म हुनुपर्छ ।

युरिक एसिड ज्यादा हुँदा शरीरलाई खतरा हुन सक्छ । यूरिक एसिडलाई नियन्त्रण गर्न स्ट्रेस कम गर्ने, अल्कोहल सेवन नगर्ने र यूरिक एसिड बढाउन सक्ने खानालाई कम गर्नुपर्छ ।

चिनीको मात्रा कम गर्ने

डाइटमा चिनी र चिनीबाट बनेको परिकारको सेवन कम गर्नुहोस् । गुलियो ड्रिङक्स, सोडा र धेरै गुलियो फलफुलहरु कम खाने प्रयास गर्नुहोस् । गुलियोले यूरिक एसिड ज्यादा बन्न सक्छ ।

मासुका परिकार कम खानुहोस्

जसको शरीरमा यूरिक एसिड सजिलै बढिरहेको हुन्छ । उनीहरुले ननभेज मासुका परिकार कम खाने प्रयास गर्नुपर्छ । खास गरि आफ्नो भोजनमा सी फुड कम गर्नुपर्छ ।

अल्कोहल नखानुहोस्

अल्कोहल जति धेरै सेवन गर्नुहुन्छ , त्यति नै शरीरलाई नोक्सान हुन्छ । अल्कोहलले शरीरलाई डिहाइड्रेड गर्छ । यसले मृगौलाको कार्यलाई असर पुर्याउँछ । जसले गर्दा मृगौलाले यूरिक एसिड फिल्टर गर्न सक्दैन् ।

स्ट्रेस कम गर्नुहोस्

खाना सँगसँगै स्ट्रेसबाट पनि टाढा रहनु जरुरी छ । स्टे«सले पुरै शरीरको कार्यप्रणालीलाई असर गर्छ । जसको नराम्रो नतिजा स्वास्थमा देखिन्छन् ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ