२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सयी ४ खानेकुरा जसले दिमाग तेज बनाउँछन्

यी ४ खानेकुरा जसले दिमाग तेज बनाउँछन्


कोलस्ट्रोल, मोटोपन, डाइबिटीज र शुगर जस्तो समस्यालाई धेरै ख्याल गर्छौ । तर मेन्टल हेल्थको बारेमा त्यति वास्ता गर्दैनौं । जब कि हामीलाई यो थाहा छ । शरीर पुरै दिमागले चल्छ । पुरै शरीरको लागि ब्रेन हेल्थलाई स्वास्थ राख्न धेरै जरुरी हुन्छ ।

पौष्टिक आहार शरीरको लागि मात्र नभई ब्रेनको विकासको लागि पनि धेरै जरुरी हुन्छ । कुनै खानाले ब्रेन फंगस सुधार गर्न र स्मरण शक्ति बढाउन मद्दत गर्छ । जसको चर्चा तल गरिएको छ ।

हरियो साग

हरियो सागहरु जस्तैः रायो साग, पालक र तोरीको सागमा भिटामिन के, भिटामिन इ र बीटा क्यारोटिन भरपुर मात्रामा पाइन्छ । भिटामिन इ एक एन्टिअक्सिडेन्ट हो । जसले मस्तिष्कको कोशिकाहरुलाई फ्रि रेडिकल्सले हुने क्षतिबाट बचाउँछ । बिटा क्यारोटीन र भिटामिन के ले स्मृद्धिमा हुने नोक्सानीबाट बचाउँछ ।

अण्डा

अण्डा कोलीनको सबै भन्दा राम्रो स्रोत हो । यसले बे्रन फंगसलाई बढावा दिनबाट रोक्छ । यसले ब्रेन सेल्सको मकर्मत गर्न र स्मरण शक्ति बढाउन राम्रो भूमिका खेल्छ ।

साल्मन माछा

साल्मन माछा प्रोटिनको सबै भन्दा राम्रो माछा मानिन्छ । ब्रेन फंगस सुधार्ने यो सबै भन्दा राम्रो स्रोतहरुमध्ये एक हो । यसले ब्रेनको सेल्सहरुको मर्मत गर्न र स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

ओखर

सबै प्रकारको नटहरु स्वास्थको लागि फाइदजनक भए पनि ओखरले मस्टिष्कलाई विशेष फाइदा पुर्याउँछ । ओखरमा एन्टिअक्सिडेन्ट, अल्फा लिनोलेनिक एसिड, ओमेगा–३ र आवश्यक फ्याटी एसिडहरु पाइन्छ । यीनिहरुले पनि स्मरण शक्ति राम्रो बनाउने र ब्रेन फंगसलाई राम्रो बनाउँछ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ