२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सनियमित भुइँकटहर खाँदा स्वास्थ्यमा हुने फाइदाहरु

नियमित भुइँकटहर खाँदा स्वास्थ्यमा हुने फाइदाहरु


भुइँकटहर पोषक तत्वको भण्डार नै हो । बाह्रैमास फल्ने यो फल विशेषगरी गर्मी याममा अत्याधिक मात्रामा पाइन्छ । अहिले बजारमा यो फल छ्याप्छ्याप्ती पाइन्छ । स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ ।

भुइँकटहरमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ । यसमा भिटामिन ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पनि प्रसस्त पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन, पाचन प्रक्रियालाई सन्तुलन राख्न, हड्डी बलियो बनाउनका साथै आँखालाई समेत तेज राख्दछ । यसका अन्य फाइदाहरु हेर्नुहोस् ।

मुटुलाई स्वस्थ राख्छ

भुइँकटहरले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा एन्थोस्यानिन्स भनिने एन्टिअक्सिडेन्ट हुन्छ, जसले कोशिकामा हुने क्षतिलाई रोक्छ र यसको एन्टी–इन्फ्लेमेटरी प्रभावहरूको कारणले गर्दा कोलेस्ट्रोलको अक्सिडेशन पनि कन्ट्रोल गर्छ ।

हड्डी बलियो बनाउँछ

भुइँकटहरमा हड्डीको स्वास्थ्यलाई बढावा दिने यसका प्रसस्त गुणहरू छन् । जसले गर्दा तपाइँलाई बलियो बनाउँछ । यसमा खनिज म्यागनिज हुन्छ जुन तन्तुहरूलाई जोड्न र बलियो हड्डीहरू विकास गर्न महत्त्वपूर्ण छ । विशेषज्ञहरुको अध्ययनका अनुसार अन्य आवश्यक खनिजका साथमा पाइने म्यागनिजले महिलालाई ओस्टियोपोरोसिसबाट बचाउन समेत मद्दत गर्छ ।

आँखालाई ज्योति बढाउँछ

भुइँकटहरले म्याकुलर डिजेनेरेशनको जोखिम कम गरी आँखालाई तेज बनाउन मद्दत गर्छ । म्याकुलर डिजेनेरेशनले सामान्यतया मानिसको उमेर बढ्दै जाँदा आँखाको दृष्टिलाई असर गर्छ र केही अवस्थामा अन्धोपन पनि हुन सक्छ । भुइँकटहरमा एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रचुर मात्रामा पाइने भएकाले यसले बालबालिका र वयस्क दुवैको आँखाको ज्योति बढाउन मद्दत गर्छ ।

पाचन प्रक्रिया सन्तुलन

भुइँकटहरमा हुने डाइटरी फाइबरले आन्द्रालाई स्वस्थ राख्नको लागि मद्दत गर्छ । यसमा धेरै मात्रामा ब्रोमेलेन पनि पाइन्छ, जसले पाचनलाई मद्दत गर्छ । अनुसन्धानका अनुसार दैनिक रूपमा भुइँकटहर वा यसको जुस सेवन गर्ने मानिसहरूलाई दिसा निस्कने समस्या तुलनात्मक रूपमा कम गराउँछ ।

रगत जम्न दिँदैन

भुइँकटहरले अत्याधिक जमेको रगत घटाउन पनि उपयोगी हुन्छ । रगत जम्नु धेरै घातक हुन सक्छ । विशेष गरी स्ट्रोकबाट पीडित व्यक्तिहरूका लागि यो फल निकै लाभदायी हुन्छ ।

साइनस र सामान्य चिसोबाट बच्न मद्दत गर्छ

भुइँकटहरमा भिटामिन सी प्रशस्त मात्रामा पाइने भएकाले यसले नाक र घाँटीमा जमेको म्युकस कम गर्न मद्दत गर्छ । भुइँकटहरको सेवनले हाच्छिउँ कम गराउनुका साथै नाकमा अत्यधिक पानी आउनबाट कम गराउँछ । तर, एलर्जी भएकाहरूले थोरै मात्रामा मात्रै यसको सेवन गर्नुपर्छ ।

क्यान्सर हुनबाट बचाउँछ

चिकित्सकको अध्ययनका अनुसार भुइँकटहरले क्यान्सर हुनबाट जोगाउँछ । यसमा फ्लेभोनोइड्स, ब्रोमेलेन, बिटा क्यारोटिन, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले यसले घाँटी, मुख र स्तनको क्यान्सरलाई रोक्न मद्दत गर्छ । यसमा म्यागनिजको उच्च मात्रा पनि हुन्छ जसले क्यान्सर कोशिकाको वृद्धिलाई रोक्न मद्दत गर्दछ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ