२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सरिस नियन्त्रण गर्ने उपायहरु

रिस नियन्त्रण गर्ने उपायहरु


आजको व्यस्त समयमा एउटै व्यक्तिले धेरै काम गर्छन् । पछिल्लो समय महिलाहरु घरको काम सँगसँगै बाहिरको काममा पनि व्यस्त हुने गर्छन् । पुरुषहरु पनि घरको जिम्मेवारी र बाहिरको अरु पनि धेरै कामहरु गर्छन् । त्यसैले स्ट्रेस धेरै भइरहेको हुन्छ । यस्तो अवस्थामा व्यक्ति सानो–सानो कुरामा पनि रिसाउने गर्छन् । यस्तो तनावले कुनै पनि व्यक्तिको धैर्यता तोड्न सक्छ ।

रिस एउटा प्राकृति र चिन्ताजनक विषय हो । जुन हरेक सानो वा ठुलो कुरामा आउने हुन्छ । कोही व्यक्तिमा रिस यतिसम्म हुन्छ कि, रिस बाहेक अरु केही पनि देख्दैनन् । रिस उठ्दा सहि गलत छुट्याउन गारो हुन्छ । रिसलाई योगको माध्यमबाट नियन्त्रण गर्न सक्नुहुन्छ । तर योग बिचमा छोड्ने गर्नुहुँदैन । यसलाई निरन्तर गरिरहनुपर्छ । योग बाहेक अरु पनि उपायहरु छन् । जसको चर्चा तल गरिएको छ ।

गहिरो श्वास लिनुहोस्

जब रिस नियन्त्रण भन्दा बाहिर गइरहेको महशुस गर्नुहुन्छ, आँखा बन्द गर्नुहोस् र लामो गहिरो श्वास लिनुहोस् । रिसाएको बेला मस्तिष्कले शरीरमा समस्या भएको संकेत प्राप्त गर्दछ । र श्वासप्रश्वासको माध्यमबमाट सबै ठिक छ भनि संकेत प्राप्त गर्छ र व्यक्तिले सुरक्षित महशुस गर्न थाल्छ ।

ध्यान र योग गर्नुहोस्

नियमित योग र ध्यान गर्नाले रिसलाई धेरै हद सम्म नियन्त्रण गर्न सकिन्छ । योगमा धेरै आसन र मुद्राहरु छन् । जुन रिस नियन्त्रण गर्न र धैर्यता बढाउन प्रभावकारी रहेको विज्ञानले बताएको छ ।

चिसो पानी पिउनुहोस्

सिर उठेको समयमा चिसोपानीले मुख धुनुहोस् । विज्ञानमा ड्राइभिङ रिफ्लेक्स नामको एक प्रकृया छ । जस अनुसार कचौरामा चिसो पानी राखेर केही सेकेन्डको लागि चिसो पानीमा अनुहार डुबाउनुहोस् । श्वास फेर्नु भन्दा अघि अनुहार बाहिर निकाल्नुहोस् । यस समयमा शरीरको स्नायु प्रणालीले दिमागलाई यति व्यस्त राख्छ कि रिसमा भएको तीव्र हृदयको गतिलाई नियन्त्रण गर्छ । र चिसो पानी पिउनाले रिस शान्त हुन्छ ।

रिस नियन्त्रणको सुरक्षित उपाय खोज्नाुहोस्

रिस उठ्दैमा रिस मानिसमा निकाल्नु राम्रो होइन । यसले निकै ठुलो दुर्घटना पनि निम्त्याउन सक्छ । रिस मानिसमा निकाल्नुको सट्टा कुनै पंचिङ्ग व्यागमा रिस निकाल्नुहोस् । कारणहरु कुनै डायरीमा लेख्नुहोस् । कुनै खास व्यक्ति सँग कुरा गर्नुहोस् । यसरी अरुलाई नोक्सान नगरी रिसलाई शरीरको बाहिर निकाल्न सकिन्छ । यस्तो गर्दा मन हल्का हुन्छ । र गती तिव्र भएको हृदयको चाल र ब्लड पे्रसर कम हुन्छ ।

निन्द्रा पुरा लिनुहोस्

धेरै तनाव भएको थकित व्यत्तिलबाट कुनै पनि कुराको अपेक्षा गर्न सकिँदैन् । शरीरले जब पुरै तरिकाले आराम गर्छ । तनाव मुक्त हुन्छ । तब मात्र स्वास्थ रहन सकिन्छ । त्यस कारण जब धेरै रिस उठ्छ, तब मन शान्त गरेर सुत्ने र निन्द्रा लिने प्रयास गर्नुहोस् । र पर्याप्त निन्द्र लिनुहोस् ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ