२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सरातो अंगुर खानुका आठ फाइदाहरु

रातो अंगुर खानुका आठ फाइदाहरु


अंगुर स्वास्थ्यका लागि महत्वपूर्ण फलफूलभित्र पर्छ । संसारभर २०० भन्दा बढी प्रजातिका अंगुर पाइन्छन् । सबै एकै सिजनमा एकैसाथ भने पाइँदैन । नेपालमा पनि रातो, कालो, हरियो खालका अंगुरहरु सिजनअनुसार पाइन्छ । यतिबेला नेपाली बजारमा रातो अंगुर प्रशस्त भेटिने गरेको छ । आज हामी रातो अंगुरका फाइदाबारे चर्चा गर्छौं ।

रातो अंगुर पोषक तत्वहरूको प्राकृतिक स्रोत हो । यसमा भिटामिन सी, पोटासियम, क्याल्सियम, फोलेट, फस्फोरस, म्याग्नेसियम र फलाम जस्ता महत्त्वपूर्ण खनिजहरू पर्याप्त मात्रामा पाइन्छ । अन्य अंगुरहरुको तुलनामा यसमा कम क्यालोरी हुने गर्छ ।

यसमा एन्टिअक्सिडेन्ट र फाइबर हुन्छ जसले गर्दा छाला, कपाल र समग्र स्वास्थ्यको लागी फाइदा पुर्याउँछ । त्यस्तै तौल घटाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै क्यान्सरको जोखिम समेत कम गर्छ । यति मात्रै नभएर यसका अन्य फाइदाहरु पनि छन् ।

विभिन्न भाइरस विरुद्ध लड्न उपयोगी

रातो अंगुरमा एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुणहरू हुन्छन्। जसले विभिन्न किसिमका धेरैै संक्रमणहरूबाट जोगाउँछन् । एन्टिभाइरल गुणहरू पोलियो भाइरस र हर्पेस सिम्प्लेक्स भाइरस विरुद्ध लड्न पनि उपयोगी छन्।

छालाको स्वास्थ्य बढाउँछ

रातो अंगुरको सेवनले छालाको बुढ्यौलीका लक्षणहरूलाई कम गर्छ । यो अंगुरको दाना र बिउमा रेभेराट्रोल पाइन्छ जसले बुढेसकाललाई नियन्त्रण गर्छ । रेभेराट्रोल एक बलियो एन्टिअक्सिडेन्ट हो जसले छालाको स्वास्थ्य कायम राख्न मद्दत गर्दछ ।

अंगुरका दाना र बीउहरूमा भिटामिन सी र ए राम्रो मात्रामा पाइन्छ । यसले छालालाई प्रदूषण र विषाक्त पदार्थको क्षतिबाट जोगाउन मद्दत गर्छ र कोलाजेनको मर्मतमा पनि मद्दत गर्छ ।

मृगौला स्वस्थ राख्छ

रातो अंगुर युरिक एसिड कम गर्न उपयोगी छ । यसले प्रणालीबाट एसिड हटाउन र मृगौलाको कामको दबाब कम गर्न मद्दत गर्दछ ।

अल्जाइमर रोगीका लागि लाभदायी

रातो अंगुर मस्तिष्कमा लागि धेरै लाभदायी छ । यसमा रेड वाइनको अत्यावश्यक तत्व रेभेराट्रोलले अल्जाइमर रोगको उपचारमा उपयोगी हुन्छ । न्यूरो डिजेनेरेटिभ रोगसँग लड्न पनि यो फल उपयोगी छ ।

मुटुको स्वास्थ्य सुधार गर्छ

मुटुको समस्या रोकथामका लागि रातो अंगुरमा भएका फ्लेभोनोइड्स र रेभेराट्रोल गुणहरु परिचित छन् । अंगुरको जुस र वाइनमा पोलिफेनोल, फ्लेभोनोइड्स र रेभेराट्रोल जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन्। यसले उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, रगत जम्ने र मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ, फलस्वरूप हृदय स्वास्थ्यलाई बढावा दिन्छ ।

दमको व्यवस्थापन गर्छ

रातो अंगुर दमको रोगका लागि औषधीय गुण मानिन्छ । दैनिक यसको सेवनले फोक्सोमा मोइस्चर बढाउँछ । जसले गर्दा दमको समस्या कम हुन्छ ।

मोतियाबिन्दु रोक्छ

रातो अंगुरमा  फ्लेभोनोइड्समा एन्टिअक्सिडेन्ट हुन्छ । जसले मोतिबिन्दुबाट बच्न, फ्री रेडिकलहरूलाई कम गर्न र लड्न सक्छ । यसले आँखाको स्वास्थ्यमा सुधार गर्छ ।

मधुमेहका बिरामीलाई फाइदा

यदि तपाईं आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न चाहनुहुन्छ भने स्वस्थ सन्तुलित आहारमा रातो अंगुर समावेश गर्नुहोस् । विशेषज्ञको अनुसन्धानका अनुसार यसमा भएको रेभेराट्रोलले रगतमा चिनीको मात्रा घटाउनका साथै इन्सुलिन संवेदनशीलतामा सुधार गर्न सक्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ