२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सम्याग्नेसियमले स्वास्थ्यमा पुर्याउने फाइदाहरु

म्याग्नेसियमले स्वास्थ्यमा पुर्याउने फाइदाहरु


शरीरलाई स्वस्थ राख्न धेरै थरीको भिटामिन र मिनरल्सको जरुरी हुन्छ । हेल्दी खानेकुराबाट पोषक तत्व प्राप्त गर्न सकिन्छ । हेल्दी खानेकुराबाट धेरै घातक रोगहरुबाट बच्न पनि सकिन्छ । म्याग्नेसियम एउटा यस्तो पोषक तत्व हो । जुन शरीरलाई स्वास्थ राख्न धेरै मद्दत गर्छ ।

यसको कमीले शरीरमा मुटु सम्बन्धि रोग, ब्लड सुगर र माइग्रेन जस्ता धेरै रोगहरु लाग्ने गर्दछ । एभोकाडो, किवी, नट्स र मेवा जस्ता फलफुल र नट्सहरु म्याग्नेसियम भरपुर मात्रामा पाइने स्रोतहरु हुन् । यस्ता म्याग्नेसियम युक्त फलफुल नट्सहरुलाई आफ्नो आहारमा समावेस गरेर यसको कमीले हुने स्वास्थ समस्याहरुबाट बच्न सकिन्छ ।

हड्डी स्वास्थ राम्रो बनाउँछ

हड्डी स्वास्थ राख्न म्याग्नेसियमले महत्वपुर्ण भूमिका खेल्छ । शरीरमा म्याग्नेपिसयम पूर्तिको लागि एवोकाडोलाई डाइटमा सामेल गर्न सक्नुहुन्छ । यसमा भरपुर मात्रामा म्याग्नेसियम पाइन्छ । म्याग्नेसियम धेरै भएको खानाले महिलाहरुमा ओस्टियोपोरोसिस्को खतरा कम हुन्छ । एवोकाडो म्याग्नेसियम, भिटामिन बी र पाटासियमको राम्रो स्रोत हो ।

ब्लड सुगर नियन्त्रण गर्न मद्दत गर्छ

जसको शरीरमा म्याग्नेसियमको मात्रा कम हुन्छ उनीहरुलाई टाइप–२ मधुमेहको जोखिम धेरै हुन्छ । ब्लड सुगरलाई नियन्त्रण गर्न पनि मुस्किल हुन्छ । ब्लड सुगर भएको व्यक्तिले आफ्नो डाइटमा धेरै म्याग्नेसियम युक्त तत्वहरु सामेल गर्नुपर्छ ।

मुटु स्वास्थको लागि फाइदाजन हुन्छ

म्याग्नेसियमले मुटु स्वास्थ राख्न ठुलो भुमिका खेलेको हुन्छ । भरपुर मात्रामा म्याग्नेसियमको सेवनले हाई बीपीलाई कन्ट्रोल गर्दछ । जुन मुटु सम्बन्धि रोगको उएटा प्रमुख कारण हो ।

राम्रो निन्द्रको लागि फाइदाजनक

धेरै मान्छेहरुलाई अनिन्द्रा हुन सक्छ । हामी सुत्नु भन्दा अगाडी सम्म लाइट आउने डिभाइसहरु चलाई रहेका हुन्छौं । जसले निन्द्रामा समस्या हुने, निदाउन धेरै समय लाग्ने हुन्छ । यस्तोमा म्याग्नेसियम धेरै भएको डाइटले ती समस्यामा राहात दिन सक्छ । एक अनुसन्धानमा पाइएको छ । म्याग्नेसियम भएको खुराकले अनिन्द्राको बिरामीहरु चाँडै निदाउने गर्छन् ।

माइग्रेनको दुखाई कम गर्छ

स्वास्थ विशेषज्ञको अनुसार माइग्रेनको बिरामीमा म्याग्नेसियमको भएको बताएको छन् । पर्याप्त म्याग्नेसियम भएको पोषकतत्वले माइग्रेनको दुखाई कम गर्न सकिने बताएको छन् । एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ