२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्समुटु स्वास्थ्यका लागि सबैभन्दा घातक खानेकुराहरु

मुटु स्वास्थ्यका लागि सबैभन्दा घातक खानेकुराहरु


विश्वमा सबैभन्दा ठुलो र पहिलो मृत्युको कारण मुटु सम्बन्धि रोग कार्डियो भास्कुलर रोग हो । यस्तोमा मुटु स्वास्थ्यलाई ध्यान दिनु निकै जरुरी छ । मुटु स्वास्थ्यलाई ध्यान नदिँदा व्यक्तिको ज्यान जान सक्छ । खराब खानपिनले स्वास्थ्यलाई धेरै असर गरिरहेको हुन्छ ।

हाम्रो शरीरको सबै अंगहरु धेरै महत्वपुर्ण हुन्छ । सबै अंगहरुको आ–आफ्नै कार्यहरु छन् । शरीरको एक अंगले मात्र काम गर्न छोड्यो भने पनि धेरै समास्या हुन सक्छ । मुटु पनि हाम्रो शरीरको महत्वपूर्ण अंगहरु मध्ये एक हो । यसलाई सुरक्षित राख्न त्यस्ता खराब बानी र खानाहरुलाई त्याग्नुहोस् जसले मुटु स्वास्थ्य बिगार्छ । स्वास्थको लागि घातक खानाको बारेमा जान्नुहोस् ।

प्याकिङ गरिएको मासु

मुटु स्वास्थ्यलाई राम्रो बनाउन दिनहुँ प्याकिङ गरिएको मासुको सेवन कम गर्नुहोस् । यस्तो मासुमा नुनको मात्रा धेरै हुन्छ । जसले मुटु स्वास्थ्यलाई धेरै नोक्सान गर्छ । प्याकिङ गरिएको मासु पहिला नै पकाएको हुन्छ ।

फ्रेन्च फ्राइज

फ्रेन्च फ्राइ सबैलाई मन पर्छ । यो आलुबाट बनेको एकदमै स्वादिस्ट हुन्छ । तर यही फ्रेन्च फ्राइज स्वास्थको लागि धेरै हानीकारक छ । यसमा काब्र्स धेरै मात्रामा पाइन्छ । जसले ब्लड सुगरलाई बढाउन सक्छ । यसमा नुन पनि धेरै हुन्छ । जसले मुटु स्वास्थ्यलाई राम्रो नबनाउन सक्छ ।

सोडा

धेरै मानिसहरुमा सोडा पिउने बानी छ । खासगरि गर्मीको समयमा मानिसहरु सोडा धेरै पिउँछन् । यसले पनि मुटु स्वास्थ्यको लागि धेरै नोक्सान पुर्याउँछ । सोडा पिउनाले इन्सुलिन स्पाइकलाई बढावा दिन्छ । जसले शरीरको तौल बढाउने र हृदय सँग सम्बन्धित रोगको जोखिम बढाउँछ ।

आइसक्रिम

धेरैले आइसक्रिम उत्साहका साथ खाने गर्छन् । गर्मीमा मात्रै होइन । हिउँदमा पनि मानिसहरुले यसलाई निकै उत्साहकासाथ खान थालेका छन् । तर आइसक्रिमले तपाईको मुटुलाई हानि पु¥याउन सक्छ । प्रति दिन ३०० मिलीग्राम भन्दा बढी कोलेस्ट्रोल खपत गर्नु व्यक्तिको लागि हानिकारक छ । यस्तो अवस्थामा कतिपय आइसक्रिममा कोलेस्ट्रोलको मात्रा आवश्यकताभन्दा बढी हुन्छ । जुन मुटु स्वास्थको लागि राम्रो होइन ।

ह्वाइट ब्रेड

मुटु रोगबाट बच्न आजैबाट आहारबाट ह्वाइट ब्रेड हटाउनुहोस् । वास्तवमा सेतो रोटीमा फाइबर, खनिज र फाइटोकेमिकल्स हुँदैन जुन मुटुलाई स्वस्थ राख्न आवश्यक हुन्छ । ह्वाइट ब्रेडको सट्टा गहुँको रोटी खान सक्नुहुन्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ