२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सआँखामा लेन्सको प्रयोग कत्तिको उचित ?

आँखामा लेन्सको प्रयोग कत्तिको उचित ?


आँखा हाम्रो जीवनकै अभिन्न अंग हो । यो अन्य बाहिरी अंगहरुको तुलनामा निकै नै संवेदनशील अंग मानिन्छ । वर्तमान समयमा आँखालाई राम्रो र आफूले चाहेजस्तो रुप दिने प्रविधि हाल नेपालमा पनि भित्रिसकेको छ । यसैको एउटा उदाहरण  मान्नुपर्छ—कन्ट्याक्ट लेन्स ।

अहिलेका मानिसहरु आफ्नो व्यक्तित्व र सौन्दर्यतामा निकै नै ख्याल राख्ने हुँदा आँखा कमजोर भएको अवस्थामा होस् वा आफ्नो सौन्दर्य बढाउनको लागि प्रायजसो धेरैले ‘कन्ट्याक्ट लेन्स’को प्रयोग गर्न थालेको पाइन्छ ।

चश्माको सट्टामा प्रयोग गरिने ‘कन्ट्याक्ट लेन्स’ले आँखाको पावर र सौन्दर्यलाई बढाउने कुरामा दुईमत छैन । त्यसैले चश्मा प्रयोग गर्न हिच्किचाउने र आँखाको सौन्दर्यतामा निखार ल्याउन व्यक्तिहरुले यसको प्रयोग गर्ने गरेको पाइन्छ । यसको उचित प्रयोगको अभावमा आँखाको सौन्दर्य र पावरको कुरा पर, यसभन्दा अघि यसले आँखामा नकरात्मक असर पु¥याउने सम्भावना प्रबल रहन्छ ।

आँखाको पावरको निम्ति चश्मा नै उचित रहेता पनि हाल धेरै व्यक्तिहरुले यसको प्रयोग गर्न थालेका छन् । तर, यसको उचित व्यवस्थापन गरी लगाउने हो भने यसबाट पुग्न सक्ने हानीबाट जोगिन सक्छ । त्यसकारण आँखामा लेन्सको प्रयोग गर्दा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ ।

लेन्स लगाउँदा ध्यान दिनुपर्ने कुरा:

  •  डाक्टरको सल्लाह अनुसार मात्रै लेन्सको प्रयोग गर्ने
  • लेन्सको प्रयोगको समयमा धुलो धुवाँमा नहिड्ने
  • जथाभावी लेन्सको प्रयोग नगर्ने
  • अरुको लेन्सको प्रयोग नगर्ने
  • राती सुत्दा लेन्स अनिवार्य रुपमा निकाल्ने
  • डाक्टरको सल्लाहबिना कुनै पनि किसिमको कस्मेटिक लेन्सको प्रयोग नगर्ने ।

प्रस्तुती : सृजना मगर


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ