२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्समधुमेह नियन्त्रण गर्न बिहान खाली पेटमा पिउनुहोस् यी ३ पेय पदार्थ

मधुमेह नियन्त्रण गर्न बिहान खाली पेटमा पिउनुहोस् यी ३ पेय पदार्थ


मधुमेह अर्थात डायबिटीज अहिले अधिकांश मानिसको समस्याको विषय बनेको छ । यसलाई चिनीरोग पनि भनिन्छ । रगतमा चिनीको मात्रा कम गर्न खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।

मधुमेहका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । तपाईंले आफ्नो आहारमा फाइबर युक्त चीजहरू समावेश गर्नुपर्छ । यसबाट जोगिन चिनीबाट बनेका चीजहरू प्रयोग गर्न बन्द गर्ने प्रयास गर्नुहोस् ।रगतमा चिनीको मात्रा घटाउने केही घरेलु उपायहरु छन् । जसलाई तपाइँ घरको भान्साभित्रैबाट तयार गर्न सक्नुहुनेछ ।

मेथी पानी

मेथी प्राय सबैको घर–घरमा पाइन्छ । नभए पनि यो सहज रुपमा बजारमा पाइने चिज हो । यसमा घुलनशील फाइबर पाइन्छ जसले आन्द्राबाट इन्जेस्टेड चिनी अवशोषणमा ढिलाइ गर्न मद्दत गर्छ । यसमा अमीनो एसिड पनि हुन्छ जसले प्यान्क्रियाजबाट इन्सुलिन निकाल्न मद्दत गर्छ ।यसको सेवनका लागि मेथीको दाना अघिल्लो रात पानीमा भिजाउनुहोस् । त्यसपछि भोलिपल्ट बिहान यी बीउहरूलाई छानेर पानी पिउनुहोस् । यसले तपाईको शरीरलाई डिटोक्सिफाइ गर्न पनि मद्दत गर्छ र यसको दैनिक सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रा पनि बिस्तारै नियन्त्रणमा आउँछ ।

गुर्जोको पानी

गुर्जो नेपालमा पाइने एक किसिमको लहरे जडीबुटी हो । यसमा बर्बेरिन नामक एल्कालोइड तत्व हुन्छ । यो एक परम्परागत हर्बल उपचार हो । यसबारे गरिएका विभिन्न अध्ययनअनुसार यसको नियमित सेवनले रगतमा चिनीको मात्रा घटाउन सकिन्छ । गुर्जोमा मधुमेहको लागि मेटफर्मिन नामक औषधि छ । जसले औषधि जस्तै काम गर्दछ ।

दालचिनी

दालचिनीले ग्लाइकोजन भण्डारण बढाउन मद्दत गर्छ । यसले ग्लाइकोजन संश्लेषण गतिविधिलाई असर गर्छ । दालचीनीमा पाइने प्राकृतिक तत्वले इन्सुलिन जस्तै काम गर्छ । यसको सेवनले तपाईंको रगतमा ग्लुकोजको स्तर स्थिर राख्न मद्दत गर्छ । त्यसैले दालचीनीबाट बनेको चिया दैनिक बिहान वा बेलुका सेवन गर्न सक्नुहुन्छ ।

नोटः यी सबै पेय पदार्थहरूले तपाईंको ब्लड सुगरको स्तर घटाउन मद्दत गर्छ । तर, सेवन गनुअघि एकपटक चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ