२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सहड्डी स्वस्थ र बलियो बनाउने उपाय

हड्डी स्वस्थ र बलियो बनाउने उपाय


हड्डीको कमजोरीले मानिसहरुलाई सानै उमेरमा धेरै समस्याहरूको शिकार बनाउन सक्छ । त्यसैले तिनीहरूलाई स्वस्थ र बलियो राख्न जरुरी छ । खानपान र जीवनशैलीमा हुने केही गल्तीले बिस्तारै हाम्रो हड्डी खोक्रो हुन थाल्छ ।

शरीरलाई स्वस्थ राख्ने हो भने हड्डी स्वस्थ रहनु अति आवश्यक हुन्छ । उमेर बढ्दै जाँदा सानातिना शारीरिक क्रियाकलापका लागि पनि मानिस अरुको भर गर्नुपर्ने हुन्छ । हड्डीलाई मजबुत बनाउन क्याल्सियमयुक्त आहार आवश्यक हुन्छ । तर यसका बाहेक अन्य केही पोषक तत्वहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । जसको बारेमा जान्न जरुरी छ । हड्डीलाई स्वस्थ र मजबुद राख्नका लागि तल दिइएको टिप्समा ध्यान दिनुहोस् ।

वजन नियन्त्रणमा राख्नुहोस्

बढ्दो तौलले हड्डीलाई पनि असर गर्छ । यसले ओस्टियोपेनिया र ओस्टियोपोरोसिसको सम्भावना बढाउँछ । बढ्दो तौलले हड्डीको घनत्वमा पनि कमी ल्याउन सक्छ । त्यसैले यसका लागि आफ्नो आहारमा कम क्यालोरी र क्याल्सियम युक्त खानेकुराहरू समावेश गर्नुहोस् ।

आहारमा पोषक तत्वहरू समावेश गर्नुहोस्

क्याल्सियमले हड्डीलाई स्वस्थ राख्न ठुलो भूमिका खेल्दछ । यसले हड्डीलाई मजबुत बनाउनका साथै तिनीहरूको संरचना कायम राख्नको लागि मद्दत गर्छ । यसका साथै हड्डीलाई मजबुत बनाउन भिटामिन के र भिटामिन डीको पर्याप्त मात्रा आवश्यक हुन्छ । भिटामिन डीले शरीरमा क्याल्सियमको अवशोषणलाई बढावा दिन्छ । यसबाहेक क्याल्सियमले हड्डी सम्बन्धित धेरै समस्याहरूलाई हटाउन मद्दत गर्छ ।

रक्सी र धुम्रपानबाट बच्नुहोस्

धुम्रपानले क्यान्सर मात्र नभई हड्डीलाई पनि हानि पु¥याउँछ र यदि तपाईं मदिरा सेवन गर्नुहुन्छ भने यसको खतरा झनै बढ्छ । त्यसैले बढ्दो उमेरसँगै हड्डी बलियो बनाउन चाहनुहुन्छ भने आजैदेखि धुम्रपान र मद्यपान गर्न छोड्नुहोस् । यसले अन्य धेरै समस्याहरूबाट बचाउन पनि मद्दत गर्दछ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ