२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदूधमा मखाना मिसाएर खानुको ५ फाइदाहरु

दूधमा मखाना मिसाएर खानुको ५ फाइदाहरु


मखाना र दूध स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले शरीरका धेरै समस्याहरु हट्छन् । पाचन सम्बन्धी समस्या भएका व्यक्तिका लागि मखाना र दूधको सेवनले निकै फाइदा गर्छ । यसले मुटुसँग सम्बन्धित रोगबाट बचाउन मद्दत गर्छ । यसबाहेक दूध र मखना खानुका अरु पनि धेरै फाइदाहरु रहेका छन् ।

दूधमा धेरै चिज मिसाएर खाने सल्लाह पनि दिइन्छ । कतिपयले मखानालाई भुटेर पनि खान्छन् । मखानालाई भुटेर खानुको सट्टा दूध सँग खाँदा धेरै फाइदा दिन्छ । दूधमा भिजाएर मखना खाँदा हड्डी स्वस्थ रहन्छ । यसका साथै दाँतलाई पनि मजबुत बनाउँछ । जानौं दूधमा मखना मिसाएर खानुका फाइदाहरू ।

पेटको लागी लाभदायक

दूधमा मखाना भिजाएर खाँदा पेटसम्बन्धी समस्या कम हुन्छ । यी दुबैमा फाइबरको मात्रा राम्रो हुन्छ । जसले पाचन प्रक्रियालाई स्वस्थ राख्छ । यसले पेटमा पाइने हानिकारक तत्वलाई बाहिर निकाल्छ । जसले गर्दा पेट फुल्ने, कब्जियत, पेट दुख्ने आदि समस्याबाट राहत पाउन सकिन्छ ।

मुटुको स्वास्थ्यलाई बढावा दिन्छ

मखाना र दूध एकसाथ सेवनले मुटुलाई स्वस्थ राख्छ । मखानामा अल्कालोइड नामक तत्व पाइन्छ । जसले मुटुलाई धेरै प्रकारका रोगहरूबाट बचाउन मद्दत गर्छ । दूध र मखना दुबैमा पोटासियम र म्याग्नेसियम राम्रो मात्रामा पाइन्छ । जसले उच्च रक्तचापलाई सामान्य राख्न मद्दत गर्छ ।

हड्डी स्वस्थ रहन्छ

मखाना र दूधले हड्डी र दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । मखाना र दूधमा क्याल्सियम हुन्छ । जसले हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले दाँतलाई बलियो बनाउँछ । आर्थराइटिसको समस्या भएका व्यक्तिहरूले आफ्नो आहारमा मखाना र दूध समावेश गर्न सक्छन् ।

वजन घटाउन सकिने

यसमा क्यालोरीको मात्रा कम हुन्छ । तौल घटाउन आहारमा मखाना र दूध समावेश गर्न सक्नुहुन्छ । यसको सेवनले पेट धेरै समयसम्म भरिपूर्ण रहन्छ र खाने कुरा खाइरहने बानीबाट पनि बच्न सक्नुहुन्छ ।

तत्काल ऊर्जा प्राप्त हुन्छ

दूधमा मखाना मिसाएर खाँदा थकान, कमजोरी आदि समस्या हट्छ । यसको सेवन गर्नासाथ उर्जा प्राप्त हुन्छ । मखाना र दूधले ऊर्जा बूस्टरको रूपमा काम गर्दछ ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ