२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठटिप्सबाथरोग लाग्दा देखिने लक्षणहरू

बाथरोग लाग्दा देखिने लक्षणहरू


बाथरोग एक प्रकारको अटो इम्युन डिजिज हो । अटो इम्युन डिजिज भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अङ्गमा असर पार्न थाल्छ । त्यस बेला अटो इम्युन डिजिज सुरु हुन्छ । जसले गर्दा शरीरका जोर्नीहरू सुन्निने तथा दुख्ने हुन्छ । यो रोगले आफ्नो शरीरमा भएको इम्युनले आफ्नै शरीरलाई हानी पुर्‍याउँछ । यो रोग शरीरको धेरै भागमा लाग्छ ।

बाथरोग भनेको एउटा मात्र रोग नभएर विभिन्न रोगहरूको सङ्कलन पनि हो । जस्तै मेरुदण्ड खिइने, कुरकुरे हड्डी खिइने, मांसपेशीमा हुने बाथहरू हुन्छन् ।  छाला, किड्नी र शरीरको अरू विभिन्न भागमा पनि बाथरोगले हानी पुर्‍याउँछ । बाथ रोग एक अटो इम्युन रोग हो । यस रोगलाई समयमै पहिचान गरी उपचार गरेमा निको हुन सक्छ ।

बाथरोगका लक्षणहरू

  • साना तथा ठुला जोर्नीहरू दुख्ने, सुनिने, कक्रक्क पर्ने हुन्छ ।
  • आरामको समयमा ढाड तथा जोर्नीहरू दुख्ने ।
  • बिहानको समयमा शरीर अरट्ठ हुने ।
  • मांसपेशीहरू गल्ने दुख्ने ।
  • थकाई बढी लाग्ने ।
  • बारम्बार गर्भधारणमा समस्या आउने ।
  • घाममा अनुहार बढी रातो हुने वा पोल्ने ।
  • कपाल बढी झर्ने ।
  • मुख भित्र बारम्बार घाउ आउने ।
  • चिसोमा औँलाहरू निलो , सेतो हुने ।
  • शरीरमा बारम्बार घाउ अथवा, डाबर आइराख्ने ।
  • खुट्टाको बुढी औँला वरिपरि वरिपरि रातो भएर दुख्ने ।
  • कुर्कुच्चा पोल्ने, दुख्ने ।
  • मांसपेशी कमजोर हुने ।
  • खकारमा रगत देखा पर्ने ।
  • लामो समय सम्म ज्वरो आउने ।
  • आँखा बारम्बार रातो हुने ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ