२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सहड्डी स्वस्थ राख्ने पाँच पेय पदार्थ

हड्डी स्वस्थ राख्ने पाँच पेय पदार्थ


पछिल्लो समय जोर्नी दुख्ने समस्या सामान्य बन्दै गएको छ । शरीरमा पोषक तत्त्वको कमीका कारण कम्मर दुख्ने, ढाड दुख्ने जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । त्यस्तै गलत आसनमा बस्दा पनि कम्मर दुख्ने, ढाड दुख्ने जस्ता समस्या उत्पन्न हुन्छ ।

माछा मासु नखाने मानिसको हड्डी कमजोर भए पनि शाकाहारी खानेकुराको सहयोगले हड्डी बलियो हुने विश्वास गरिन्छ । बुढ्यौलीका कारण हड्डीसँग सम्बन्धित समस्या पनि हुन्छ । यस्तो अवस्थामा आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । विभिन्न थरीको पेय पदार्थबाट पनि हड्डी स्वास्थ्यलाई राम्रो र मजबुत बनाउन सकिन्छ ।

भूइँकटहरको रस

भूइँकटहरको जुस पिउनाले हड्डी स्वस्थ रहन्छ । स्वादमा मिठो र अमिलो हुनुका साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यसको जुसमा पर्याप्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । जसले अपच र गठिया जस्ता रोगको उपचारमा मद्दत गर्छ ।

सुन्तलाको रस

सुन्तला धेरै पोषक तत्त्वहरूले भरिपूर्ण फलफूल मानिन्छ । जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको स्वाद गुलियो र अमिलो हुन्छ । जुन सबैलाई मन पर्छ । सुन्तला हड्डीको लागि पनि फाइदाजनक हुन्छ । सुन्तलाको जुसलाई इम्युनिटी बूस्टरको रूपमा चिनिन्छ । जसले धेरै रोगहरूबाट बचाउन मद्दत गर्छ ।

स्ट्रबेरी रस

एन्टिअक्सिडेन्टले भरिपूर्ण स्ट्रबेरीको जुसले धेरै रोगबाट बचाउँछ । यसमा भिटामिन सी, क्याल्सियम, कपर र जिङ्क जस्ता धेरै पोषक तत्त्व पाइन्छ । यो जुस पिउनाले हड्डी स्वास्थ्य राम्रो हुन्छ ।

हरियो रस

हरियो रस साग वा अङ्गुरको बनाउन सकिन्छ । हरियो रसमा भएको क्याल्सियम र भिटामिन हड्डी स्वस्थ राख्न धेरै महत्त्वपूर्ण छ । शरीरमा यी भिटामिनको कमीका कारण हड्डीसँग सम्बन्धित धेरै समस्याहरू देखा पर्छन् । यस्तो अवस्थामा आफ्नो आहारमा हरियो जुस समावेश गर्न सक्नुहुन्छ ।

दूध

पोषक तत्त्वले भरिपूर्ण दूधले शरीरलाई धेरै किसिमले फाइदा गर्छ । यो क्याल्सियमको प्रचुर स्रोत हो । जसले हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ । हरेक दिन सुत्नुअघि एक गिलास तातो दूध पिउँदा धेरै समस्याबाट बच्न सकिन्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ