२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सपेटको आन्द्रा स्वस्थ राख्ने खानेकुरा 

पेटको आन्द्रा स्वस्थ राख्ने खानेकुरा 


पेटले पाचन प्रक्रियालाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । सम्पूर्ण शरीर पेटको स्वास्थ्यबाट प्रभावित हुन्छ ।  पेटमा दुई प्रकारका ब्याक्टेरिया पाइन्छ । एउटा राम्रो ब्याक्टेरिया र अर्को खराब ब्याक्टेरिया । खराब ब्याक्टेरिया भन्दा राम्रो ब्याक्टेरिया आन्द्रामा धेरै मात्रामा पाइन्छ । जसले हाम्रो पेटको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ  ।

शरीरको कुनै पनि अङ्गमा हुने रोगको कारण अस्वस्थ आन्द्रा नै हो भन्ने प्रायः देखिएको छ । ८० देखि ९० प्रतिशत रोग पनि आन्द्रामा गडबडीका कारण हुने गर्दछ ।

जब हाम्रो आन्द्रामा खराब ब्याक्टेरियाको मात्रा बढी हुन्छ तब हामीले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो शरीरमा राम्रो ब्याक्टेरिया बढाएर आफूलाई स्वस्थ राख्न जानौँ ।

आलुबखडा

बिउविहीन यो फल स्वादमा मिठो, अमिलो र औषधीय गुणले भरिपूर्ण छ । यो फल खाँदा कब्जियतबाट मुक्ति मिल्छ । यो फलले आन्द्रामा जमेको फोहोरलाई हटाएर कब्जियतको समस्याबाट राहत दिन्छ ।

हरियो पात भएको तरकारी

हरियो सागसब्जीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसको दैनिक सेवन गर्नाले पेटमा रहेको राम्रो ब्याक्टेरिया बढाएर पेटलाई स्वस्थ रहन सकिन्छ । तसर्थ, हरियो सागसब्जी नियमित रूपमा सेवन गर्न धेरै महत्त्वपूर्ण छ ।

प्रोबायोटिक खानाहरू

आफ्नो पेटको स्वास्थ्यलाई सधैँ बलियो राख्नको लागि आहारमा दही, माछा र दहीबाट बनेका चीजहरू जस्तै प्रोबायोटिक खानाहरू खानुपर्छ ।

यसका अलावा घरेलु स्वस्थ पेय पदार्थ जस्तै पानी, जिरा पानी र हर्बल चिया दैनिक जीवनमा समावेश गर्नुपर्छ । भुटेको खानेकुरा खानबाट जोगिनु पर्छ । आफ्नो आहारमा सधैँ फाइबर युक्त खाना समावेश गर्नुपर्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ