२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्समहिनावारीको समयमा दाग र एलर्जीबाट राहत पाउने उपायहरू

महिनावारीको समयमा दाग र एलर्जीबाट राहत पाउने उपायहरू


महिनावारीलाई ३० दिनको मासिक चक्र मानिन्छ । महिलाको जननेन्द्रियबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी वा रजस्वला भन्ने गरिन्छ । महिनावारीको समयमा प्रायजसो महिलाहरूमा अत्याधिक पीडा हुन्छ ।

यस समयमा हरेक महिना महिलाहरूलाई पेट दुख्ने वा ढाड दुख्ने जस्ता समस्याहरूबाट गुज्रनु पर्ने हुन्छ । केही महिलाहरूका लागि यो फोबिया जस्तै हुन्छ । मुड स्विङ, कम्मर दुख्ने, अन्य धेरै समस्याबाट पीडित हुन्छन् ।  यस समयमा महिला तथा युवतीहरूमा बढी चिढचिढा हुन्छ ।

यी सबै समस्या बाहेक अर्को समस्या पनि छ, त्यो हो प्याड । अधिकांश महिलाहरूमा प्याडको प्रयोग गरेपछि योनिको वरिपरिको छाला निस्कन्छ र यसका कारण योनिको वरिपरि चिलाउने हुन्छ, युरिन इन्फेक्सन हुने जस्ता समस्या आउँछन् । यस्तो अवस्थामा महिनावारी भएको समयमा आफ्नो प्राइभेट पार्टलाई राम्रोसँग सफा गर्नुपर्छ । यदि तपाई पनि यो समस्याबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईँलाई यस समस्याबाट छुटकारा पाउनका लागि केही घरेलु उपायहरू बताउनेछौँ । जसको सहायताले तपाईँले दाग तथा प्याडको एलर्जीको समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

बरफको प्रयोग गर्नुहोस्

महिनावारीका कारण यौन अङ्ग वरिपरि एलर्जी, छाला चिलाउने, छाला पास्ने दानाहरू आउने, पोल्ने, सुन्निने जस्ता समस्याहरू हुन सक्छन् । जसको कारण हो प्याडको एलर्जी । यसबाट राहत पाउनका लागि लामो समयसम्म एउटै प्याडको प्रयोग गर्न हुँदैन । महिनावारीको समयमा पटक–पटक प्याड फेर्नुपर्छ । प्याड फेर्नुअघि पहिले त्यस क्षेत्रलाई राम्ररी सफा गर्नुहोस्, त्यसपछि कपासको टुक्रामा बरफको टुक्रा बेरेर वरिपरि लगाउनुहोस् । यसो गर्नाले छाला निस्किएको भागमा पोल्न र दुखाइबाट पनि तुरुन्त आराम मिल्नेछ । तपाईँ यसलाई दिनमा एक वा दुई पटक गर्न सक्नुहुन्छ ।

नरिवलको तेल

महिनावारीका कारण हुने दागबाट राहत पाउन नरिवलको तेल प्रयोग गर्न सक्नुहुन्छ । लामो समयसम्म प्याड नबदल्दा तिघ्रा र प्राइभेट पार्ट्स वरपर रातो दाग देखा पर्छन् । जसका कारण छाला धेरै पोल्छ । यो समस्याबाट राहत पाउन कम्तीमा हरेक २ देखि ३ घण्टामा प्याड बदल्नुहोस् र राति सुत्नुअघि आफ्नो गोप्य अङ्ग राम्ररी धुनुहोस् र सफा गर्नुहोस् । त्यसपछि  वरपरको भागमा कपासले नरिवलको तेल लगाउनुहोस् । नरिवलको तेलको प्रयोगले तपाईँलाई यी दागहरूबाट राहत पाउन धेरै मद्दत गर्दछ।

–एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ