२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा मर्निङ वाक जाँदा किन अपनाउनुपर्छ सावधानी ?

जाडोमा मर्निङ वाक जाँदा किन अपनाउनुपर्छ सावधानी ?


चिसो मौसममा मर्निङ वाक गर्नु हुँदैन भनेर धेरै मानिसले व्यायाम गर्न बन्द गर्ने गरेको पाइन्छ । चिसो मौसमका कारण मर्निङ वाक वा शारीरिक व्यायाम गर्न नै छाड्नुभन्दा पनि विशेष सावधानी अपनाएर गर्नु उचित हुन्छ ।

मुटुरोगी, हृद्धयघात, अनियन्त्रित रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगी तथा शारीरिक रुपले निस्क्रिय भएका पाको व्यक्तिहरुले चिसो मौसममा व्यायाम वा मर्निङ वाक गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।

जाडो याममा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्छ । तर, चिसोका कारण रक्तनली भने खुम्चन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुन्छ । परिणाम स्वरुप मुटुले सामान्य अवस्थामाभन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृद्धयघात र मस्तिष्कघात समेत हुनसक्छ ।

प्रायः मानिसले पाँचदेखि सात बजेको बीचमा मर्निङ वाक गर्ने गरेका छन् । तर विहानीपख विशेषगरी जाडो याममा वायुमण्डलमा बढी प्रदुषण हुन्छ । यस हिसाबले हाम्रो वातावरण पनि मर्निङ वाक गर्न उपयुक्त छैन । त्यसैले वाकिङ गर्न चिसोमा बाहिर निस्कनुभन्दा घरभित्रै व्यायाम गर्नु धेरै लाभदायी हुन्छ ।

चिसोमा मर्निङवाक गर्दा ध्यान दिनुपर्ने कुरा

  • चिसो नपस्ने न्यानो कपडा लगाएर वाकिङ जाने ।
  • व्यायाम वा मर्निङ वाक सुरु गर्नुअघि हल्का मनतातो पानी पिउने ।
  • मास्कको प्रयोग गर्ने ।
  • व्यायाम सुरु गर्नुअघि वार्मअप गर्ने ।
  • सकेसम्म घाम उदाएपछि वाकिङमा निस्कने ।

क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ