२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सटाउको दुखाइबाट राहत पाउने घरेलु उपचार

टाउको दुखाइबाट राहत पाउने घरेलु उपचार


शरीरको सबैभन्दामाथि भागमा रहने टाउको शरीरको अभिन्न अंगमध्ये एक हो । यो विभिन्न स्नायु तथा नशाहरुबाट बनेको हुन्छ । हाम्रो शरीरको प्रत्येक भागहरुको एक आपससँग जोडिएर बन्ने क्रममा यो पनि नशा तथा विभिन्न भागहरुसँग जोडिएका हुन्छन् ।

अझ भन्ने हो भने शरीरको प्रत्येक भागको स्नायु हाम्रो टाउकोमा रहेको हुन्छ । त्यसैले शरीरको कुनै भागमा केही आघात पुगेको खण्डमा हामीलाई टाउको दुख्ने हुन्छ । विशेष गरेर टेन्सन हुँदा, निन्द्रा नपुग्दा तथा आँखा, कान र टाउकोमा रहने अंगहरु चोटपटक लाग्दा हामीलाई टाउको दुख्ने हुन्छ ।

टाउकोमा एक पटक चोट लागेपछि त्यसले लगातार लामो समयसम्म पीडा दिइरहने कुरा त छदैछ, यसबाहेक पनि यो शरीरको महत्वपूर्ण पाटो भएकोले हामीले यसको उचित ख्याल रख्नुपर्दछ ।

तर, कहिलेकाहीं हामीले उचित हेरचाह गर्दागर्दै पनि टाउको दुख्ने हुन्छ । हामीले कतिपय अवस्थामा घरेलु विभिन्न उपचार तथा उपायबाट नै टाउको दुखाइको समस्याबाट राहत पाउन सक्छौं । आज हामी ब्यक्तिमा हाइपर टेन्सन, माइग्रेन र हार्माेनको गडबढीका कारण यी मुख्य ३ कारणले हुने टाउकोको दुखाइबाट कसरी राहत पाउने भन्ने विषयबारे जानकारी दिदैछौं । त्यसबेला भने हामीले ध्यान दिनुपर्ने मुख्य उपायहरु निम्न रहेका छन् ।

  • टाउकोलार्ई कहि अड्याइराख्ने
  • दुखेका भाग वरपर र निधार ता आँखामा हातले विस्तारै मसाज गर्ने
  • आँखा चिम्म गरेर आराम लिने
  • धेरै उज्यालो र प्रकाश भएको ठाउँमा नबस्ने
  • आफ्नो खानामा विशेष ध्यान दिने
  • निधारमा पानी पट्टी लगाउने
  • सुत्ने समय तालिका बनाउने
  • दैनिक ८ घण्टा निदाउने
  • चिया कफिको मात्रा कम गर्ने
  • चिन्ता लिन छोड्दिने
  • घाँटीलाई न्यानो बनाइ राख्ने

१४ दिनसम्मको माइग्रेनको अवस्थालाई मेडिकल क्षेत्रमा सामान्य माइग्रेनको रुपमा लिइन्छ । त्यस समय अवधिमा माथि दिइएका उपायहरु अपनाउन सकिन्छ । तर, १५ दिनभन्दा धेरै लगातार दुखाइको मात्रा रहिरहेको खण्डमा भने बिरामीले चिकित्सकको सल्लाह लिनुपर्दछ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ