२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकसरी बच्न सकिन्छ जाडोमा जोर्नीको दुखाइबाट ?

कसरी बच्न सकिन्छ जाडोमा जोर्नीको दुखाइबाट ?


जाडोको समयमा जोर्नीको भागहरु दुख्ने गुनासोहरु अक्सर रुपमा बढेको सुनिन्छ । विशेषगरी पाको उमेरको ब्यक्तिहरुमा यस्तो समस्या साझा रुपमा पाइने गर्दछ । यसबाट छुटकारा पाउनको लागि हामीले केहि विशेष सावधानीहरु अपनाउनु पर्दछ ।

स्वस्थवर्द्धक मर्निङ वाक

बिहानीपख हिड्नु जाडोयाममा स्वास्थ्यको दृष्टिकोणले एकदम उचित मानिन्छ । यसले शरीरमा न्यायो मात्रै प्रदान नगरी यस समयमा देखिने विभिन्न अन्य शारीरिक समस्याहरुबाट पनि बचाउँछ । बिहान—बिहान हिड्नाले शारीरिक पक्ष मात्र नभई मानसिक क्षमता पनि बढाइ ब्यक्तिलाई तनावबाट पनि टाढा राख्न मद्धत गर्दछ । विहान घाम झुल्केपछि कम्ति पनि ३ किलोमिटर हिड्नाले हड्डीमा न्यायो मिल्छ । जसकारण पनि जोर्नीहरुको दुखाइबाट राहत पाइन्छ ।

क्याल्सियम र भिटामिनको प्रयोग

जाडोयाममा पर्याप्त क्याल्सियम, भिटामिन डी, खनिज वा अन्य पोषक तत्वको मिश्रणले जोर्नी हुने पीडा तथा दुखाइबाट छुटकारा मिल्छ । दुध, दही, ब्रोकाउली, हरियो सागपात, लिको बीउ, भटमास तथा बदामको दुधजस्ता आदिमा पाइने पौष्टिक खाद्यले शरीरमा आवश्यक क्याल्सियमको परिपूर्ति गर्दछ । अझ भिटामिन डिको सबभन्दा राम्रो तथा उचित स्रोत घामको किरण भएकोले हामीले घाम पनि ताप्नु पर्दछ ।

अक्सिजनको मात्रा लिने

चिसोको कारण हाम्रो शरीरमा भएका रगतका धमनीहरु खुम्चिने हुन्छ । जसकारण रगतको प्रवाह सामान्य ढंगबाट हुन सक्दैन् । र, परिणामस्वरुप शरीरको प्रत्येक भागहरुमा पानी, रगत तथा अक्सिजन उचित रुपमा पुग्न सक्दैन् । किसिमका समस्याहरु देखापर्ने हुन्छ । अक्सिजनको कमी हुनाले पनि शरीरमा असामान्य दुखाइ हुने गर्दछ । यसले विशेषगरी जोर्नीको दुखाइ निम्त्याउँछ । यसका निम्ति तरबुजा, अनार, कागती, आँपजस्ता फलफूलहरुको उपभोग गर्नुपर्दछ । यस्तै, योग तथा शारीरिक व्यायामले पनि शरीरमा खुम्चिएका धमनीहरु खोल्ने काम गर्दछ ।

तातो पानीले नुहाउने

हल्का तातो पानीले नुहाउनाले पनि शरीरलाई आराम मिल्छ । तर, तातो पानीले नुहाउने बित्तिकै भने हामी खुल्ला वा चिसो टाउँमा जानु हुँदैन । शरीरलाई आराम दिलाउनको निम्ति सरसियु तथा जौको तातो तेलले पनि शरीर मालिस गर्न सकिन्छ ।

लगातार एकै ठाउँमा बसी नरहने

जो व्यक्ति कम्प्युटर अथवा मोबाइलको अगाडिलगातार लामो समयसम्म बसिरहन्छ सो व्यक्तिमा शरीरको पछाडि भागको दुखाई हुनु सामान्य नै हो । एकै ठाउँमा लगातार बसी राख्नाले जोर्नीको विभिन्न भागहरुमा चिसो पस्ने भएकोले शरीरमा दुखाइ तथा असहज महसुस हुन्छ । यसको निम्ति हामीले समय—समयमा बस्ने आसन परिवर्तन गरी शरीर तन्काउने तथा हल्का ब्यायाम गर्नु पर्दछ । र, हल्का न्यायोमा बस्नाले पनि शरीरको दुखाई हुन जान्छ ।

एजेन्सीको सहयोगमा ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ