२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सअनियमित मौसमको प्रभावबाट हुने मौसमी डिप्रेशनबाट कसरी बच्ने?

अनियमित मौसमको प्रभावबाट हुने मौसमी डिप्रेशनबाट कसरी बच्ने?


डिप्रेशनः मौसम परिवर्तनसँग सम्बन्धित रहेको कारण पनि अधिकांश व्यक्तिहरु डिप्रेशनको शिकार हुने गर्छन् । उनीहरु प्रायजसो समय दुःखी नै रहने गर्छन् । तर, दुःख मात्र डिप्रेशनको कारण नभएको र यो मौसम विविधताको कारण सूर्यको किरणसँग पनि सम्बन्धित रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ ।

यसले हाम्रो भित्री जैविक तत्व, मेलाटोनीन तथा सेरोटोनीनको उत्पादनमा समेत प्रत्यक्ष प्रभाव पार्दछ । चिन्तित रहिरहने समस्यालाई ‘मौसमी डिप्रेशन’को रुपमा पनि लिइन्छ । गर्मीयाममा पनि ब्यक्तिमा यस समस्या देखा पर्ने भएता पनि तुलनात्मक रुपमा यो जाडोयाममा बढी देखा पर्दछ । यस्ता व्यक्तिहरुमा निम्न समस्या देखा पर्दछ ।

  •  मुड परिवर्तन भइरहने
  • कमजोरी महसुस हुने
  • आशावादी नरहने
  • सुस्त तथा चिन्तित रहने
  • लामो समयसम्म सुतिरहने
  • खाइरहने
  • तौल बढ्ने ।

यस्ता समस्या प्रायजसोः चिसो मौसम रहेको तथा घाम नलाग्ने देशहरुमा बढी देख्ने गरेको छ । खास विशेष अध्ययन नभएतापनि अमेरिकामा ४ देखि ६ प्रतिशत व्यक्तिहरु यस्ता समस्याबाट गुज्रिएको अनुमान गरिएको छ । यसअन्र्तगत पनि अन्य सहरहरुको तुलनामा सबैभन्दा बढी प्रभाव वासिङटन डिसीमा ७ गुणा बढी देखिएको छ ।

मौसम परिवर्तनको क्रमसँगै प्रायजसो व्यक्तिहरु डिप्रेशनको शिकार हुने क्रम पनि बढ्दै गएको छ । यसैगरी कतिपय व्यक्तिहरुले यसै कारण आत्महत्याजस्ता जघन्य र भयानक बाटो रोज्ने पनि गरेको पाइन्छ । व्यक्तिमा दुःखित हुने समस्या परिवर्तित मौसमसँगै देखा परिरहने हुन्छ । यसरी मौसमी रुपमा देखा पर्ने डिप्रेशन मानसिक समस्या भएतापनि यसअन्तर्गत व्यक्तिहरुमा शारीरिक दुर्बलता देखा पर्दछ ।

मौसमी डिप्रेशनबाट टाढा रहने उपायहरु

भिटामिन डीको प्रयोग
केहि विज्ञहरुले आफ्नो अनुसन्धानको प्राप्त तथ्यांकलाई आधार मान्दै यस्ता डिप्रेशनको कारण बादल लागेको वा घाम नलाग्ने दिन पनि भनेका छन् । बादल लागेको दिनमा घामबाट प्राप्त हुने भिटामिन डी वापत पनि वञ्चित हुने भएकोले पनि व्यक्ति यस्ता समस्याबाट गुज्रिने उनीहरुको अनुमान रहेको छ । तसर्थ हामीले यस्ता समस्या देखा नपरोस् भन्नका लागि घाम ताप्नुका साथै भिटामित डी युक्त (चिज, गाँजर, आरु, एभोकाडो, आँप, ब्रोकाउली तथा अण्डा जस्ता आदि) खानाहरुको प्रयोग गर्नु पर्दछ ।

बाहिर निस्कने
बाहिर निस्केर हिड्नाले घामको किरणको साथै यसले हाम्रो मुडलाई उचित राखी शरीरमा भिटामिन डी को मात्रा समेत बढाउँछ । यसैगरी यसो गर्नाले व्यक्तिको शारीरिक पक्षमा त फाइदा पु¥याउँछ नै यसका साथै व्यक्तिमा तनाव, चिन्ता तथा पीडाबाट टाढा राख्न मद्दत गर्दछ ।

लाइट थेरापी
मौसमीअनुसार हुने मौसमी डिप्रेशन समस्या विशेषगरी जाडोयाम र मधुरो घामसँग सम्बन्धित हुन्छ । तसर्थ घामको उज्यालो नभएतापनि यस्ता समयमा व्यक्ति सदैव प्रकाशको उज्यालोमा बस्नु पर्दछ । यसले प्राकृतिक रुपमा घामले प्रदान गर्ने ताप र प्रकाश प्रदान नगरेतापनि सुर्यको अभावमा शरीरको कोषमा पुगेको आघातमा केही मात्रामा भएपनि सुधार ल्याउने काम गर्दछ ।

स्वस्थ्य खाना
मौसमी डिप्रेशनको कारण व्यक्तिलाई विशेषगरी गुलियो तथा कार्बाेहाइड्रेटयुक्त खाना खान मन लाग्ने हुन्छ । त्यस्ता खाना स्वास्थ्यको दृष्टिकोणले उचित नभएको र त्यसले कालान्तारमा गएर नकरात्मक असर पार्ने भएकोले व्यक्तिले यस समयमा फलफूल, हरियो तरकारी, गेडागुडी तथा गहुँजस्ता पौष्टिकयुक्त खानाहरुको प्रयोग गर्नुपर्दछ ।

योगा
सन् २००८ मा गरिएको एकअध्ययन अनुसार योगाले व्यक्तिको शारीरिक पक्षमा भन्दा मानसिक स्वासथयमा बढि फाइदा पु¥याउँछ । यसले व्यक्तिको श्वासप्रश्वास प्रणलीमा समेत सुधार ल्याउन मद्धत गर्दछ । त्रियोगाका योगा गुरु विल्किन्सनको अनुसार, यसले व्यक्तिलाई ऊर्जा प्रदान गर्दछ । ‘योगाले व्यक्तिमा भएको तनाव तथा चिन्तालाई सदाको निम्ति खतम नगरेता पनि यसले ब्यक्तिलाई चेतना प्रदान गर्दछ । जसले ती देखा परेका चिन्ता तथा तनावलाई ब्यवस्थित गर्न मद्दत गर्दछ,’ उनले भनिन् । यस्ता समस्याबाट राहत पाउनको निम्ति ‘विपरित करणी’ उचित रहने उनले बताइन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ